Sindhul Dainik

कमलामाई नगरमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

Advertisement

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको छ ।
बिहिबार एक कार्यक्रमका बिच नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा भएको घोषणा गरिएको हो ।
विद्यालय भन्दा बाहिर रहेका नगरका चार देखी १३ वर्ष उमेर समुहका दुई सय ८१ जना र विशेष आवश्यकता भएका २६ जना बालबालिकालाई विद्यालयमा भर्ना गरिएपछि नगरलाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएको पालिकाको रुपमा घोषणा गरिएको हो ।
यो संगै अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा पालिका मध्ये कमलामाई दोस्रो भएको छ ।
यस अघि गत जेठ ३० गतेका दिन जिल्लाको मरिण गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको थियो ।
जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका सहित नौं वटा स्थानीय तह रहेपनि मरिण गाउँपालिका र कमलामाई नगरपालिकाले मात्र अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्न बागमति प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयसंग सम्झौंता गरेका थिए ।
उक्त सम्झौता भएबमोजिक सबै सूचकहरु पुरा गरिएपछि कमलामाई नगरलाई बिहिबार अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरिएको बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताईन् ।
नगरमा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा गर्दै मन्त्री मोक्तानले कुनै पनि बालबालिकालाई शिक्षाबाट बन्चित गराउन नहुने बताईन् ।
उनले भनिन्, समुदायका कुनै पनि बालबालिकालाई शिक्षाबाट बन्चित नगराउनु हाम्रो दायित्व हो । यसका लागि प्रदेश सरकारले स्थानीय सरकारसंग समन्वय गरेर सबै बालबालिकाहरुलाई अनिवार्य र निशुल्क विद्यालय भर्ना गराएर शिक्षा दिन यो कार्यक्रम कार्यान्वयनमा ल्याएका हौं ।’
निशुल्क शिक्षा भन्नाले विद्यालय वा शैक्षिक संस्थाले विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै पनि शुल्क असुल नगरि दिईने शिक्षा हो । कक्षा एकदेखि कक्षा आठसम्मको आधारभुत शिक्षा सबै बालबालिकालाई अनिवार्य तथा निशुल्क गर्नुपर्दछ ।
सो अन्तरगत विद्यालय बाहिर रहेका चार बर्षदेखि १३ वर्ष उमेर समुह भित्रका बालबालिकालाई विद्यालय वा वैकल्पिक शैक्षिक संस्थामा भर्ना भई नियमित अध्ययन पुरा गर्ने बाध्यकारी व्यवस्था अनिवार्य शिक्षामा पर्दछ ।
चालु आर्थिक वर्षमा १८ वटा स्थानीय तह अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने तयारी भएको र आगामी वर्षहरुमा प्रदेशभित्रका सबै पालिकालाई घोषणा गरिने मोक्तानले बताईन् ।
कमलामाई नगरका प्रमुख उपेन्द्र कुमार पोखरेलले नगरलाई अनिर्वाय तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमलाई सफल बनाउँन सबैको पक्षको सामुहिक प्रतिवद्धता चाहिने बताएका छन ।
‘हामी सबैले सामुहिक प्रतिवद्धता र सहयोग गरेमाा कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुने छैनन । सबै बालबालिका विद्यालय भित्र रहेमात्र निशुल्क शिक्षा घोषणा कार्यक्रमले सार्थकता पाउने छ,’ उनले भने ।
सरकारले २०८५ सालभित्र विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयको पहूँचमा ल्याएर नेपाललाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्ने लक्ष्य लिएको छ ।
सोही लक्ष्य अनुसार नगरले विद्यालय बाहिर रहेका बालबालिकाहरुको पहिचानका लागि नगरका १६ हजार ७४ घरधुरीमा प्रतिनीधि खटाएर सर्वेक्षण गरेको थियो ।
जिल्लाको कमलामाई नगरपालिकाभित्रका ७२ वटा सामुदायिक विद्यालयमा सात हजार चार सय १३ जना बालबालिकाहरु विद्यालयमा भर्ना भएका छन ।
कार्यक्रममा जिल्ला समन्वय समति प्रमुख कासाङ लामा, उप प्रमुख शान्ता कार्की, कमलामाई नगरपालिका नगर उप प्रमुख मन्जु देवकोटा, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख निर्मल कुमार घिमिरे, नगर शिक्षा अधिकारी शंकर राज लुईटेल, शिक्षा विकास निर्देशनालय बागमती प्रदेश निर्देशकहरु क्रमश घनश्याम खनाल र देवनारायण चौधरी, कमलामाई नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न कार्यालयका प्रमुख र प्रतिनिधिहरुले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा प्रतिबद्धतामा हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...