Skip to main content

Sindhul Dainik

एमाले सुनकोसीले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझायो

Advertisement

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनकोशी गाँउ कमिटीले सुनकोसी गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
एमाले सुनकोसी गाउँ कमिटिले बिहिबार गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल लगायत गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतलाई सामुहिक रुपमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ल्याउने बजेटमा सामबेश गर्नुपर्ने विभिन्न शिर्षकका कार्यक्रम तथा योजनाहरु सहितको ध्यानाकर्षण गराइएको नेकपा एमाले सुनकोशी गाउँ कमिटिका अध्यक्ष गोरख खड्काले जानकारी दिए ।
ध्यानाकर्षण पत्रमा स्वास्थ्य, शिक्षा, कृषि, वन तथा वातावरण, पर्यटन, भौतिक पूर्वाधार, विपद् व्यवस्थापन, रोजगार लगायतका शिर्षकमा गाउँपालिकाको भुगोल, त्यहाँको आवश्यकता अनुसारको कार्यक्रम र बजेट व्यवस्थापन गर्न माग गरिएको छ ।
समृद्ध सुनकोसी निर्माण गर्ने अभियानमा एमाले सुनकोसी कमिटि संधै तयार रहेको उल्लेख गर्दै पार्टीका तर्फाबाट बुझाइएको ध्यानाकर्षण पत्रको ख्याल गरेर बजेट निर्माण गर्न भनिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै सुनकोसी गाउँपालिकाकी अध्यक्ष दाहालले पालिकाले सबै राजनीतिकदल, बुद्धिजिवी, अगुवा नागरीकहरुको सुझाव र सल्लाह अनुसार पालिकाबासीको माग र आवश्यकताका आधारमा योजना र बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
पालिकाले निति तथा कार्यक्रम यस अघिनै सार्वजनिक गरिसकेको छ भने आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट आगामी १० गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...