Sindhul Dainik

एमाले सुनकोसीले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझायो

Advertisement

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनकोशी गाँउ कमिटीले सुनकोसी गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
एमाले सुनकोसी गाउँ कमिटिले बिहिबार गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल लगायत गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतलाई सामुहिक रुपमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ल्याउने बजेटमा सामबेश गर्नुपर्ने विभिन्न शिर्षकका कार्यक्रम तथा योजनाहरु सहितको ध्यानाकर्षण गराइएको नेकपा एमाले सुनकोशी गाउँ कमिटिका अध्यक्ष गोरख खड्काले जानकारी दिए ।
ध्यानाकर्षण पत्रमा स्वास्थ्य, शिक्षा, कृषि, वन तथा वातावरण, पर्यटन, भौतिक पूर्वाधार, विपद् व्यवस्थापन, रोजगार लगायतका शिर्षकमा गाउँपालिकाको भुगोल, त्यहाँको आवश्यकता अनुसारको कार्यक्रम र बजेट व्यवस्थापन गर्न माग गरिएको छ ।
समृद्ध सुनकोसी निर्माण गर्ने अभियानमा एमाले सुनकोसी कमिटि संधै तयार रहेको उल्लेख गर्दै पार्टीका तर्फाबाट बुझाइएको ध्यानाकर्षण पत्रको ख्याल गरेर बजेट निर्माण गर्न भनिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै सुनकोसी गाउँपालिकाकी अध्यक्ष दाहालले पालिकाले सबै राजनीतिकदल, बुद्धिजिवी, अगुवा नागरीकहरुको सुझाव र सल्लाह अनुसार पालिकाबासीको माग र आवश्यकताका आधारमा योजना र बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
पालिकाले निति तथा कार्यक्रम यस अघिनै सार्वजनिक गरिसकेको छ भने आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट आगामी १० गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...