सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ११ आँप घाटमा नयाँ लघु उद्यमी समुहका सहभागीहरूको लागि एक दिने लघु कर्जामा पहुँच तथा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रमको आयोजना गरिएको छ ।
कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखा मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षीक कार्यक्रम अनुसार नयाँ लघु उद्यमी समुहका सहभागीहरूको लागि एक दिने लघु कर्जा मा पहुँच तथा वित्तिय साक्षरता सम्बन्धी अभिमुखी कार्यक्रमको आयोजना गरिएको हो ।
बिहिबार कमलामाई नगरपालिका ११ नम्बरका वडा अध्यक्ष राम बहादुर थिङको अध्यक्षतामा उक्त कार्यक्रमको अयोजना गरिएको हो ।
कार्यक्रममा वडा सदस्यहरु, राष्ट्रिय बणिज्य बैकंका ऋण अधिकृत बविन्द्र बहादुर मोक्तान, स्वावलम्वन लघु विक्त वित्तीय संस्थाका ब्रान्च मेनेजर युवराज देवकोटा, उधोग शाखाका कर्मचारी र सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न भएको हो ।



