सिन्धुली । विद्यालयको आम्दानीका लागि सुनकोसी गाउँपालिका ६ अमारेमा रहेको ग्रामकाली माविमा माछा पालन सुरु गरिएको छ ।
ग्रामकाली मावि नजिकै रहेको पोखरीमा माछा पाल्न भुरा माछा हालिएको छ ।
सुनकोशी गाँउपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, वडाध्यक्ष, कर्मचारी तथा विद्यालयका शिक्षकहरुको उपस्थितिमा बिहिबार भुरामाछा पोखरीमा हालिएको हो ।
सुनकोसी गाउँपालिकाको सहयोगमा विद्यालय नजिकै रहेको पोखरीमा पन्ध्र हजार भुराज माछा छाडीएको हो ।
उक्त माछाको स्याहार संभार र संरक्षण विद्यालय र विद्यार्थीहरुले गर्नेछन । विद्यालय नजिकै रहेको पोखरीमा माछाका भुरा हालेर नमुना परिक्षण गरिएको छ । यसले सार्थकता पाए पालिकाका अन्य पोखरीहरुमा समेत माछा पालन गर्न सकिने छ । माछाबाट हुने आम्दानी विद्यालयकै हितमा खर्च गरिने बताइएको छ ।




