Sindhul Dainik

तीनपाटन गाउँपालिकाको बजेट ८१ करोड ५० लाख

Advertisement

सिन्धुली । सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार गाउँपालिकाको १४ औं गाउँ सभामा अध्यक्ष कर्णबहादुर थापाले वार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष धनबहादुर पुलामी (अशोक) ले बजेट सार्बजनिक गरेका हुन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष कृषि, पशुपंक्षि, सिप विकास र रोजगार, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ ।
यस्तै पूर्वाधार विकास संगै आयुर्वेद, बहुक्षेत्रीय पोषण प्रवद्र्धन र सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद, वन तथा वातावरण, विपद व्यवस्थापन, संथागत विकास तथा सेवा प्रवाहलाई समेत कार्यक्रममा प्राथमिकता राखिएको अध्यक्ष थापाको भनाई छ ।
सोही निति तथा कार्यक्रम लाई प्राथमिकतामा राखेर संघिय सरकार, प्रदेश सरकारको ससर्त अनुदान सहित कुल ८१ करोड ५० लाख ३५ पैसा बराबरको आय÷व्यय अनुमान सार्वजनिक गरिएको उपाध्यक्ष पुलामीले जानकारी दिए ।
यस्तै तीनपाटन गाउँपालिकाको विनियोजन विधेयक २०८१, तीनपाटन गाउँपालिकाको आर्थिक विधेयक २०८१ लाई सर्वसम्मतरुपमा पारित गर्दै १४ औं गाउँ सभा तथा अधिवेशन सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत पदमा बहादुर बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...