Sindhul Dainik

सिन्धुली लागुऔषध ओसार पसारको ट्रान्जिट प्वाइन्ट बन्दै

Advertisement

६१५ केजी गाँजा सहित एक जना पक्राउ

सिन्धुली । सिन्धुली प्रहरीले शनिवार ६ सय १५ किलोग्राम अबैध गाँजा सहित एक जनालाई पक्राउ ग¥यो ।
कटारी नगरपालिका ६ उदयपुर घर भई सिन्धुलीको हरिहरपुरगढी ७ चिसापानी बस्ने वर्ष ४६ का कुमार पाख्रिनलाई उक्त गाँजा सहित पक्राउ गरिएको हो ।
शनिवार साँढे १ बजे इलाका प्रहरी कार्यालय कपिलाकोटलाई प्राप्त विशेष सुचनाका आधारमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ चिसापानी स्थित थोले ब्लोनको गोठमा गई खानतलासी गर्दा ६ सय १५ किलो लागु औषध गाँजा बोरा तथा फलामको ड्रममा लुकाई छिपाई राखेको अवस्थामा वरामद गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

उक्त गाँजा नियन्त्रण गर्न सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट सिनियर प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली घट्नास्थलमा पुगेको थियो ।
बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा नापतौल गर्दा बोरा सहित ६ क्विन्टल १५ किलो रहेको पुष्टि भएको थियो ।
यो सिन्धुली जिल्लामा सम्भवत अहिलेसम्मकै ठुलो परिमाणमा बरामद गरिएको गाँजा हो । यो त सिन्धुली जिल्लामा लागु औषध गाँजा नियन्त्रण गरिएकोे एउटा प्रतिनीधि घटना मात्र हो । पछिल्ला वर्षहरुमा जिल्लामा लागु औषध ओसार पसारको ग्राफ बढ्दै गएको प्रहरीकै तथ्यांकले देखाएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक काफ्लेका अनुसार पछिल्ला तिन वर्षमा मात्र जिल्लामा १४ सय ५५ दशमलव ९९५ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीमा अबैध गाँजा खेति गर्ने र अबैध रुपमा ठुलो परिमाणमा गाँजा निकासी हुने गरेको यस तथ्यांकले पुष्टि गर्दछ । गत आर्थिक वर्ष २०७८÷०७९ देखि ०८०÷०८१ को हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी १७ विगाह १८ कठ्ठा क्षेत्रफलमा लगाईको अबैध गाँजा खेति प्रहरीले फडानी गरेर नष्ट गरेको छ ।
सिन्धुलीका हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकामा विशेष गरेर अबैध गाँजा खेति गर्ने गरीएको छ । भारतिय व्यवसायीको लगानीमा यि क्षेत्रमा वर्षेनी गाँजा खेति गर्ने र प्रहरीले नष्ट गर्ने कार्य हुँदै आएको छ ।
यसले सिन्धुली जिल्ला अबैध गाँजा खेतिको उत्पादन तथा ओसार पसारको ट्रान्जिट प्वइन्ट बन्दै गएको तथ्यलाई पुष्टि गर्दछ ।
प्रहरी प्रमुख काफ्लेका अनुसार सिन्धुलीमा गाँजा सहित खैरो हिरोईन, एम्पुल, ट्यावलेट तथा विभिन्न प्रकारका झोल लागुऔषधको समेत ओसार पसार हुने गरेको छ ।
‘गत आर्थिक वर्ष २०७८÷०७९ देखि ०८०÷०८१ को हालसम्मको तथ्यांङ्क अनुसार सिन्धुलीमा १४ सय ५५ दशमलव ९९५ किलो गाँजा, १ सय ५२ दशमलव ७२६ मिलिग्राम हिरोईन, ७ सय ५ दशमलव ८५५ ग्राम चरेश, ६ हजार ३ सय ५५ एम्पुल, ७ हजार १ सय ७ वटा ट्यावलेट र १ हजार १ सय १४ बोतल झोल पदार्थ नियन्त्रणमा लिइएको छ,’ उनले भने ।

यो समयमा लागु औषध ओसार पसार तथा नियन्त्रणका १ सय ७२ घटना घटेका छन् । यो निक्कै ठुलो तथ्यांङ्क हो । प्रहरीले २०७८÷०७९ देखि ०८०÷०८१ सम्ममा १ सय ११ वटा लागु औषधका मुद्धा दर्ता गरेर अनुशन्धान गरेको छ । उक्त मुद्धामा ५० जनालाई संझाई बुझाई गरेर छाडिएपनि १ सय १ जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको तथ्याङ्क छ । प्रहरीले तिन वर्षको अवधिमा १ सय ३६ पटक विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै अबैध लागुऔधषको ओसार पसार तथा दुरुपयोग सम्बन्धी सचेतना प्रबाह गरेको थियो ।

यस पटक पनि लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाईरहँदा जिल्लामा यति ठुलो परिमाणमा गाँजा नियन्त्रण हुँदा प्रहरीलाई नै चुनौति थपिएको छ ।
सिन्धुलीमा उत्पादन हुने गाँजा तराईका जिल्लाका साथै भारतसम्म ओसार पसार हुने गरेको छ भने खैरोहिरोइन, एम्पुल, ट्यावलेट तथा झोल पदार्थका लागु औषधहरु सिन्धुली हुँदै राजधानी काठमाण्डौं सप्लाई हुने गरेको छ । तराईका जिल्ला संग जोडिएको सिमानामा कडाईका साथ चेकजाँच नहुँनु र विपी, मध्येपहाडी र मदनभण्डारी जस्ता ठुला तिन वटा राजमार्गहरु सिन्धुली जिल्ला अन्तरगत नै पर्ने भएका कारण पनि अबैध लागु औषध ओसार पसारका घटनाहरु बढ्दै गएको बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...