Sindhul Dainik

ओली-देउवा भेटवार्ता, सरकार गठन केन्द्रित छलफल

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् ।

ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश लेखक सहभागी रहेका थिए ।

बैठकमा सरकार गठन र सहकार्यलाई अगाडी बढाउने विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।

यस अघि कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति बताइए पनि बुधबारको छलफलमा सरकारमा अन्य दललाई सहभागी बनाउन लचिलो भएर जाने सहमति भएको छ । अहिले जसपा नेपाल, जसपा, नाउपा, लोसपा लगायतका दलले कांग्रेस(एमाले गठबन्धनमा सहभागी हुने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने हुनाले कांग्रेस एमालेमा मन्त्रीका लागि दौडधुप समेत चलेको छ ।

यसैक्रममा एमालेले मन्त्री छनौटका लागि मापदण्ड बनाउन प्रारम्भिक छलफल शुरु गरको छ । बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष ओली बाहेकका नेतालाई दोहोरो जिम्मेवारी नदिने गरी छलफल अगाडी बढाएको छ । एमालेले अनुभवीलाई भन्दा नयाँ र काम गर्न सक्ने नेताहरुलाई सरकारमा सहभागी गराउने तयारी गरेको चर्चा छ । एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा छ भने पदम गिरी, महेश बर्तौला, सुनिता बराल, बिद्या भट्टराई, सुहाङ नेम्वाङलगायतको नाम मन्त्री बन्नेमा चर्चा छ ।

त्यस्तै कांग्रेसमा भने कांग्रेस(एमाले गठबन्धन बनाउन खोजेका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बन्ने चर्चा रहेको छ भने सभापति देउवा पत्नी आरजु राणा परराष्ट्रमन्त्री बन्ने चर्चा रहेको छ । त्यस्तै महामन्त्री गगन थापा, सांसद प्रदीप पौडेल लगायतको नाम मन्त्री बन्नेमा चर्चामा छ । कांग्रेसमा रहेको चर्को गुटबन्दीका कारण सबै गुटको प्रतिनिधित्व मिलाएर मन्त्री छान्न भने सकस रहेको छ । यद्यपी अहिलेसम्म कांग्रेसमा मन्त्री छान्ने विषयमा केन्द्रित भएर छलफल नभएको कांग्रेस नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...