Skip to main content

Sindhul Dainik

फेरि सक्रिय भयो मनसुन, सिन्धुली सहित ४३ जिल्ला उच्च जोखिममा

Advertisement

काठमाडौं । पानी पार्ने मौसम प्रणाली मनसुन बुधबार रातिदेखि अझ सक्रिय हुने देखिएको छ । पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भइरहेका छन्, जसले धेरै स्थानमा भारी वर्षा हुने संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकभर वर्षाको मात्रा बढ्ने भएकाले सजगता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि २९ असारसम्म मनसुन थप सक्रिय हुने देखिएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ ।

मौसम महाशाखाले बुधबार साँझ विशेष बुलेटिन जारी गरी हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ ९नेपालको दक्षिण भूभाग÷सिमाना आसपास० रहेको र रातिबाट सो रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको जानकारी दिएको हो ।

साथै, आज ९बिहीबार०देखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली पनि विकास हुने देखिएको छ । महाशाखाले अगाडि भनेको छ, ‘यी दुवै प्रणालीहरूको प्रभावले मिति २०८१÷०३÷२६ गतेको रातिदेखि मिति २०८१÷०३÷२९ गतेको बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि यो विशेष बुलेटिन जारी गरिएको छ ।’

महाशाखाका अनुसार २६ असार रातिदेखि २९ असार बिहानसम्म कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

४३ जिल्ला उच्च जोखिममा
मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, सिरहा, मकवानपुर, सप्तरी, चितवन, संखुवासभा, धनुषा, सिन्धुपाल्चोक, तेह्रथुम, बारा, दोलखा, म्याग्दी, बागलुङ, कास्की, पर्वत, कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, मोरङ, पर्सा, झापा, रौतहट, धादिङ, सिन्धुली, स्याङ्जा, नवलपरासी पश्चिम, तनहुँ, दाङ, सुनसरी, सर्लाही, रसुवा, नवलपरासी पूर्व, इलाम, महोत्तरी, लमजुङ, धनकुटा, गोर्खा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुर यस वर्ष मनसुनको उच्च जोखिममा रहेका छन् ।

२६ जिल्ला वर्षाजन्य विपद्को मध्यम जोखिममा
ओखलढुंगा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, मनाङ, बाँके, मुस्ताङ, बर्दिया, रुकुम पूर्व, सल्यान, रोल्पा, काभ्रेपलाञ्चोक, प्यूठान, नुवाकोट, अर्घाखाँची, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, रुकुम पश्चिम, डोटी, जाजरकोट, अछाम र बैतडी मध्यम जोखिममा रहेका छन् ।

७ जिल्ला न्यून जोखिममा
बाजुरा, डोल्पा, कालिकोट, दार्चुला, बझाङ, जुम्ला र हुम्ला भने वर्षाको न्यून जोखिममा रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...