Sindhul Dainik

फेरि सक्रिय भयो मनसुन, सिन्धुली सहित ४३ जिल्ला उच्च जोखिममा

Advertisement

काठमाडौं । पानी पार्ने मौसम प्रणाली मनसुन बुधबार रातिदेखि अझ सक्रिय हुने देखिएको छ । पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भइरहेका छन्, जसले धेरै स्थानमा भारी वर्षा हुने संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकभर वर्षाको मात्रा बढ्ने भएकाले सजगता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि २९ असारसम्म मनसुन थप सक्रिय हुने देखिएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ ।

मौसम महाशाखाले बुधबार साँझ विशेष बुलेटिन जारी गरी हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ ९नेपालको दक्षिण भूभाग÷सिमाना आसपास० रहेको र रातिबाट सो रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको जानकारी दिएको हो ।

साथै, आज ९बिहीबार०देखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली पनि विकास हुने देखिएको छ । महाशाखाले अगाडि भनेको छ, ‘यी दुवै प्रणालीहरूको प्रभावले मिति २०८१÷०३÷२६ गतेको रातिदेखि मिति २०८१÷०३÷२९ गतेको बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि यो विशेष बुलेटिन जारी गरिएको छ ।’

महाशाखाका अनुसार २६ असार रातिदेखि २९ असार बिहानसम्म कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

४३ जिल्ला उच्च जोखिममा
मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, सिरहा, मकवानपुर, सप्तरी, चितवन, संखुवासभा, धनुषा, सिन्धुपाल्चोक, तेह्रथुम, बारा, दोलखा, म्याग्दी, बागलुङ, कास्की, पर्वत, कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, मोरङ, पर्सा, झापा, रौतहट, धादिङ, सिन्धुली, स्याङ्जा, नवलपरासी पश्चिम, तनहुँ, दाङ, सुनसरी, सर्लाही, रसुवा, नवलपरासी पूर्व, इलाम, महोत्तरी, लमजुङ, धनकुटा, गोर्खा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुर यस वर्ष मनसुनको उच्च जोखिममा रहेका छन् ।

२६ जिल्ला वर्षाजन्य विपद्को मध्यम जोखिममा
ओखलढुंगा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, मनाङ, बाँके, मुस्ताङ, बर्दिया, रुकुम पूर्व, सल्यान, रोल्पा, काभ्रेपलाञ्चोक, प्यूठान, नुवाकोट, अर्घाखाँची, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, रुकुम पश्चिम, डोटी, जाजरकोट, अछाम र बैतडी मध्यम जोखिममा रहेका छन् ।

७ जिल्ला न्यून जोखिममा
बाजुरा, डोल्पा, कालिकोट, दार्चुला, बझाङ, जुम्ला र हुम्ला भने वर्षाको न्यून जोखिममा रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...