Skip to main content

Sindhul Dainik

बंगलादेशमा आज संसदीय निर्वाचनस् विपक्षीद्वारा बहिष्कार

Advertisement

ढाका । बंगलादेशमा आज मुख्य विपक्षी दलहरुको बहिस्कारकाबीच आम निर्वाचन हुँदैछ । विभिन्न २८ दल र स्वतन्त्रतर्फका गरी १९ सय ६९ उम्मेदवार निर्वाचनमा सहभागी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको बंगलादेश सरकारले जनाएको छ । ११ करोड ९३ लाख मतदाता रहेको बंगलादेशको निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मी र निर्वाचन अधिकारीहरु समेत गरी करिव ७ लाख ५० हजारजना परिचालन गरिएको छ ।

आम निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी, बीएनपीले प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारको राजीनामा माग गर्दै हिजोदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ ।

बीएनपीले आज हुने आमनिर्वाचन बहिष्कार गर्ने निर्णय समेत गरेको छ । विपक्षी दलहरुले निर्वाचनको पर्यवेक्षणका लागि अन्तरिम गैर–दलीय तटस्थ सरकार गठनको वकालत गरिरहेका छन् । विपक्षीहरुको मागलाई प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले अस्वीकार गर्दै आएको छ ।

यसैबीच निर्वाचन अभियानको क्रममा भएका हिंसामा परी कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ । १ दर्जनभन्दा बढी निर्वाचन केन्द्रहरुमा आगजनी भएको बीबीसीले उल्लेख गरेको छ ।

निर्वाचन विथोल्ने काम गरेको भन्दै सरकारले सयौको संख्यामा विपक्षी दलका नेता कार्यकर्ताहरुलाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...