Sindhul Dainik

बंगलादेशमा आज संसदीय निर्वाचनस् विपक्षीद्वारा बहिष्कार

Advertisement

ढाका । बंगलादेशमा आज मुख्य विपक्षी दलहरुको बहिस्कारकाबीच आम निर्वाचन हुँदैछ । विभिन्न २८ दल र स्वतन्त्रतर्फका गरी १९ सय ६९ उम्मेदवार निर्वाचनमा सहभागी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको बंगलादेश सरकारले जनाएको छ । ११ करोड ९३ लाख मतदाता रहेको बंगलादेशको निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मी र निर्वाचन अधिकारीहरु समेत गरी करिव ७ लाख ५० हजारजना परिचालन गरिएको छ ।

आम निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी, बीएनपीले प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारको राजीनामा माग गर्दै हिजोदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ ।

बीएनपीले आज हुने आमनिर्वाचन बहिष्कार गर्ने निर्णय समेत गरेको छ । विपक्षी दलहरुले निर्वाचनको पर्यवेक्षणका लागि अन्तरिम गैर–दलीय तटस्थ सरकार गठनको वकालत गरिरहेका छन् । विपक्षीहरुको मागलाई प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले अस्वीकार गर्दै आएको छ ।

यसैबीच निर्वाचन अभियानको क्रममा भएका हिंसामा परी कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ । १ दर्जनभन्दा बढी निर्वाचन केन्द्रहरुमा आगजनी भएको बीबीसीले उल्लेख गरेको छ ।

निर्वाचन विथोल्ने काम गरेको भन्दै सरकारले सयौको संख्यामा विपक्षी दलका नेता कार्यकर्ताहरुलाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...