Skip to main content

Sindhul Dainik

मगर संस्कृतिको पर्याय बनेर आयो घरज्वाईं

Advertisement

काठमाडौं । विवाहको लागि योग्य केटाले गाउँमा विवाहको लागि उमेर पुगेकी कुनै युवती मन परायो भने त्यो केटीलाई अपहरण शैलीमा आफ्नो घर लगेर विवाह गर्न पाउँछ । यो कुरा सुन्दा यहाँहरुलाई अचम्म लाग्छ । अहिले पनि मगर, थकाली, लिम्बुलगायत विभिन्न समुदायमा यो संस्कृति छ । यस्तो विवाहलाई उनीहरुले ‘छोपी विवाह’ भन्छन् ।

यस्तै छोपी विवाह र यसले समाजमा निम्त्याएका समस्यालाई चलचित्र घरज्वाईंमा उतारिएको छ । यो चलचित्रको मँगलबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरियो । चलचित्र हेर्न पुगेको अतिथिहरुले घरज्वाईं हेरेपछि मगर संस्कृतिलाई आफुहरुले नजिकबाट बुझ्ने अबसर पाएको प्रतिक्रिया दिए ।

रमाईलो प्रसँग के भने मगरले नै निर्माण र निर्देशन गरेको यो चलिचत्रमा अधिकाँस मगर कलाकार नै छन् । प्रिमियरमा मुख्य अतिथि पनि मगर समुदायबाटै प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा रानामगर थिईन् । यो चलचित्र हेरेपछि आफ्नै मगर संस्कृति’दयगत यो चलचित्रबाट अझ धेरै जान्ने अबसर पाएको उनले बताईन्,‘ हाम्रोमा पूर्व र पश्चिमको मगर मध्य पश्चिमको मगरले खाम बोल्छन् भने हामी पूर्वको मगरले मगर भाषा नै बोल्छौं । हामी पनि पश्चिमबाट नै बसाई सरेर पूर्व पुगेका हौं ।’ रुकुमको तकसेरा क्षेत्रको कथा उठान गरेको चलचित्रमा मौलिक कुराहरु मिहिन रुपमा हेर्न पाउँदा साह्रै खुसी लागेको उनले बताईन् ।

यही शुक्रबार २८ असारबाट देश बिदेशमा प्रदर्शनमा आउने चलचित्र घरज्वाईंमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन ९खबपु०, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरलगायतको अभिनय छ ।

चलचित्रलाई नव निर्देशक अनिल बुढामगरले निर्देशन गरेका हुन् । आफ्नै दाईले मनपरेकी केटीलाई अपहरण शैलीमा छोपेर ल्याएर विवाह गरेको घटनाले यो चलचित्रको कथा फुरेको निर्देशक अनिलले बताए ।

यसका मुख्य अभिनेता दायाहाङ राईले घरज्वाईंमा काम गरेपछि मगर संस्कृतिलाई धेरै नै नजिकबाट बुझ्ने अबसर मिलेको बताए । यो चलचित्रको अबधारण पाँच वर्ष अघि नै तयार गरेको भए पनि आफ्नै कारणले बल्ल निर्माण भएको दर्शकमाझ आएको पनि दयाहाङले बताए ।

यो एउटा सांस्कृतिक चलचित्र भएको बताउँदै दयाहाङले भने,‘हरेक जातिको कल्चरहरुलाई म मरो क्षमताले भ्याएसम्म बुझ्ने र त्यसपछि अभिनयको कोशिस गर्छु । मैले नढाटी भन्दा चाहीँ म मगर संस्कृतिबाट निकै नै टाढा थिएँ । किनकी मेरो जिल्ला र गाउँमा नै मगरहरु निकै कम छन् ।’

यस्तै यो चलचित्रकी अभिनेत्री मिरुना मगरले आफु मगर भएर पनि मगर संस्कृति’दयगत धेरै कुराहरुको अनविज्ञ रहेको र चलचित्र घरज्वाइँमा काम गरेपछि मगर संस्कृतिलाई नजिकबाट चिन्ने अबसर पाएको बताईन्,‘म हङकङमा जन्मेर केही समय धरान बसेपछि बेलायतमा अध्ययन गरेकी हुँ । मगरको पनि यति धेरै आफ्ना मौलिक संस्कृति तथा रीतिरिवाज हुँदा रहेछन भन्ने कुरा बल्ल यो चलचित्रबाट पो जानकारी पाएँ ।’ पूर्वी रुकुम, तकसेरा, बाछिगाउँ, लुगुममा आफु पुग्छु भनेर कहिल्यै न सोचेको र त्यहाँ पुग्न यो चलचित्रले जुराएको पनि उनले बताईन् ।

यो चलचित्र हेर्न पुगेकी अभिनेत्री उपासना सिंह ठकुरीले आफु सुदुरपश्चिमको भएर र यो चलचित्रबाट रुकम रोल्पा र त्यहाँको मगर संस्कृतिलाई राम्ररी बुझ्ने अबसर पाएको बताईन् । चलचित्र मौलिक बनेको बताउँदै यस्ता चलचित्रलाई दर्शकले साथ दिनुपर्ने उनको सुझाब थियो ।

यो चलचित्रलाई जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । जसमा सुसन प्रजापतिको छायाँकन निर्देशक अनिलकै कथा, बिनोद खतिवडा र सुभाष कोइरालाको स्कृप्ट रहेको छ । यो चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । यो यसमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत, कृष्ण भण्डारीले सम्पादन रहेको छ । एमएसएम अष्ट्रेलियाले यो चलचित्रलाई बिदेशमा र आरआर फिल्मसले नेपालमा वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...