Sindhul Dainik

पहिरोको कारण विपी र मदनभण्डारी राजमार्ग अबरुद्ध

Advertisement

सिन्धुली  । पहिरोको कारण सिन्धुली जिल्ला स्थित वीपी राजमार्ग र मदन भण्डारी राजमार्ग शुक्रबार बिहानै देखि अबरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बनेपा–सिन्धुली–बर्दिवास (विपी) राजमार्ग अन्तरगत सिन्धुली–बनेपा खण्ड अबरुद्ध भएको छ । यस्तै मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुली–बागमती खण्ड अबरुद्ध छ ।
लगातारको वर्षाका कारण सडक माथीबाट पहिरो र लेदो खस्दा वीपी राजमार्ग अन्तरगत काभ्रेको माम्ती खोलामा आएको बाढी र पहिरोले सडक अबरुद्ध भएको छ ।
यस्तै मदन भण्डारी राजमार्ग अन्तरगत हरिहरपुरगढी गाउँपालिका ४ हाकपारामा पहिरो खस्दा सडक अबरुद्ध छ ।
सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार हाकपारमा सडक माथिबाट ढुंगा र लेदो आएर सडकमा थुप्रीदा सडक अबरुद्ध भएको हो ।
अबरुद्ध सडक खुलाउन हरिहरपुरगढी गाउँपालिकाको जेसीवी लगाएर पहिरो पन्छाउनेकाम सुरु गरिएको छ ।
यस्तै मदन भण्डारी लोकमार्ग अन्तरगत मरिण गाउँपालिकाको २ नम्बर वडामा समेत ढुंगा खसेर जोखिम बढेको प्रहरीको भनाई छ ।
सडक अबरुद्ध हुँदा सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन ।
अबरुद्ध सडक खुलाउन प्रहरी र स्थानीय प्रयासरत भएपनि वर्षा नरोकीएकाले थप समस्या भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...