Sindhul Dainik

सिन्धुलीका पालिकाको वित्तिय प्रगती ८५ प्रतिशत लत

Advertisement

सिन्धुली  । सिन्धुलीका स्थानीयतहको वित्तिय प्रगती ८५ प्रतिशत तलमात्रै भएको पाइएको छ ।
पालिकाहरुले चालु आर्थिक वर्ष २०८०÷०८१ मा गरेका वित्तिय प्रगतीको विवरणले यस्तो देखाएको हो ।
जिल्लाको कमलामाई नगरपालिकाले चालु आर्थिक वर्षको अन्तिम सम्ममा ७९ दशमलव २३ प्रतिसतमात्र खर्च गरेको छ । पालिकाको बजेट तथा खर्च विवरण सार्वजनिक गर्दै चालु तर्फ ८९ दशमलव ८२ प्रतिसत र पँुजिगत तर्फ ६६ दशमलव ९६ प्रतिसतमात्र खर्च गरेको जनाएको छ ।
नगरपालिकाले वित्तीय तर्फको ३ करोड ६६ लाख ६७ हजार २ सय ३ रुपैयाँ ७४ पैसा बजेट विनियोजन गरेकोमा खर्च गर्न सकेको छैन् ।
चालु तर्फ ८७ करोड ३ लाख ५१ हजार विनियोन गरिएको ७८ करोड १७ लाख ८४ हजार ८ सय ४५ रुपैयाँ खर्च गरेको छ । पुँजिगत तर्फ ५१ करोड ४० लाख ९० हजार विनियोज गरिएकोमा ३४ करोड ४२ लाख ८५ हजार ७ सय ३७ रुपैयाँमात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले जनाए ।
हरिहरपुरगढी गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०÷०८१ मा विनियोजित कुल बजेटको ७७ दशमलव ७० प्रतिशत मात्रै खर्च गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक बर्षको लागि कुल ५५ करोड ९८ लाख २५ हजार ३१ रुपैयाँ विनियोजन गरेकोमा ४३ करोड ४० लाख ४३ हजार ८ सय १२ रुपैयाँ १६ पैसा अर्थात ७७ दशमलव ६० प्रतिशत खर्च भएको जनाएको छ ।
गाउँपालिकाले आधिकारीक पेजबाट १ बर्षको वित्तीय प्रगति सार्वजनिक गरेको थियो । हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकरा द्धारा हस्ताक्षरित वित्तीय प्रगतिमा चालु तथा पुँजिगत खर्च तर्फ विनियोजित कुल बजेट र हालसम्मको कुल खर्च सार्वजनिक गरिएको छ ।
जसमा चालु तर्फ ४० करोड ९५ लाख १५ हजार ४ सय २६ रुपैयाँ विनियोजन गरिएकोमा ३२ बरोड ५५ लाख २३ हजार २ सय ८८ रुपैयाँ १६ पैसा अर्थात् ७० दशमलव ४८ प्रतिशत खर्च भएको जनाइएको छ ।
पुँजिगत तर्फ १५ करोड ३ लाख ९ हजार ६ सय ५ विनियोजन भएकोमा १० करोड ९४ लाख २० हजार ५२४ रुपैयाँ अर्थात ७२ दशमलव ८ प्रतिशत खर्च भएको छ ।
तिनपाटन गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिमसम्ममा जम्मा ८३ दशमलव ६५ प्रतिसतमात्र खर्च गरेको छ ।
गाउँपालिकाले मंगलबार एक विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०÷०८१ मा कुल बजेटको ८३ दशमलव ६५ प्रतिसत खर्च गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतका अनुसार कुल ८९ करोड ६ लाख ६७ हजार २ सय २८ रुपैयाँ ६६ पैसा मध्ये चालु आर्थिक वर्षको अन्तसम्ममा ८३ दशमलव ६५ प्रतिसत अर्थात ७४ करोड ५० लाख ६४ हजार ४ सय ५२ रुपैयाँ ८८ पैसा खर्च गरेको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको वित्तिय प्रगति विवरण अनुसार चालु तर्फ ८७ दशमलव ५२ र र पुँजिगत तर्फ ७२ दशमलव ५७ प्रतिसत खर्च भएको छ । यो चालु र पूजिगत तर्फ ८३ दशमलव ६५ प्रतिसत हो ।
चालु आर्थिक वर्षका लागि गाउँपालिकाले ६६ करोड ३ लाख ३५ हजार २ सय ८८ रुपैयाँ ६६ पैसा विनियोजन गरेकोमा ५७ करोड ७९ लाख ४ हजार ९ सय ४४ रुपैयाँ ९७ पैसा खर्च भएको छ ।
यस्तै सनुकोसी गाउँपालिकाको वित्तिय विवरण पनि उस्तै रहेको । जिल्लाको दुुधौली नगरपालिका, मरिण गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र घ्याङलेख गाउँपालिकाले वित्तिय विवरण सार्वजनिक गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...