Sindhul Dainik

सिन्धुलीको खुर्कोटमामा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

Advertisement

सिन्धुली । विपी राजमार्ग अन्तरगत सिन्धुलीको सिन्धुलीको सुनकोसी गाउँपालिका ७ खुर्कोट नजिकै कानढुङ्ग्रीमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
सर्लाहीबाट काठमाण्डौं तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१३२ नम्बरको माइक्रोबास शुक्रबार दिउँसो अनियन्त्रीत भएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्द राज काफ्लेका अनुसार दुर्घटना वीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका ७ कानढुङ्ग्री नजिक सुनकोशी मरिण डाइभर्सनको बाँध स्थलमा दुर्घटना भएको हो ।
माइक्रोबस दुर्घटना हुँदा घाइते हुनेहरुमा माइक्रोबसका चालक बागमती नगरपालिका २ सर्लाहीका वर्ष ३८ का रुपराज राउत, सोही ठाउँका वर्ष ३८ को महेश कुमार थापा, कृष्णकुमार केसी, लालबन्दी नगरपालिका २ सर्लाही वस्ने वर्ष १८ की खेसाङ लामारहेका छन ।
यस्तै कमलामाई नगरपालिका ९ सिन्धुलीका वर्ष ४९ का काउले माझी, तिनपाटन गाउँपालिका ७ सिन्धुलीका वर्ष ४१ की जमुना काफ्ले सोही ठाउँका रामजी काफ्ले, लालबन्दी ९ सर्लाही बस्तिपुरका अनोज मगर, निजकी दिदि वर्ष २४ की अस्मिता खपाङ्गी, अनोजकी छोरी वर्ष ५ की श्रीया योन्जन र लालबन्दी ७ सर्लाहीका ३१ वर्षका दशरथ यादव रहेका छन् ।
घाइतेमध्ये गाडी चालक राउतको थप उचारका लागि काठमाण्डौंको ट्रमा सेन्टर रिफर गरिएको छ ।
घाइतेहरुको शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर खुर्कोट स्थित शुभजिवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ । माइक्रो बस सडकबाट करिब ३० मिटर तल खसेको छ ।
अन्य १० जना घाइतेको शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पताल र धुलीखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको बताइएको छ ।
यसैविच शुक्रबार नै सिन्धुलीका दुधौली नगरपालिका ४ लक्ष्मीपुरमा टाटा सफारी र अटो एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।
मदन भण्डारी लोकमार्ग अन्तरत दुधौली नगरपालिका ४ लक्ष्मीपुरमा सिन्धुलीको भिमानबाट दुधौली तर्फ जाँदै गरेको बा १७ च ३६०२ नम्बरको टाटा सफारी र विपरित दिशाबाट आइरहेको को २ ह २९३६ नम्बरको अटो एक आफसमा ठक्कर खाएको थियो । उक्त दुर्घटनामा अटो चालक कटारी नगरपालिका ४ बस्ने वर्ष ४५ का वकिल बहादुर आले र सोही ठाउँकी वर्ष ५० की नरिमाया आलेमगर घाइते भएका छन् ।
घाइते मध्ये नरिमायाँको अवस्था गम्भीर रहेको छ । उनको दाहिने खुट्टा भाँच्चिनुका साथै मुख, टाउको र छातीमा गम्भीर चोट लागको छ ।
उक्त दुर्घटनाका भाईतेको थप उपचारका लागि धुलीखेत अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...