Sindhul Dainik

मरिणका १७९ छात्रालाई साइकल

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले पालिका भित्र ‘प्लस टु’ अध्ययनरत १ सय ७९ जना छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका रहेका दुईवटा सामुदायिक विद्यालयको कक्षा ११÷१२ मा अध्ययनरत १ सय ७९ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

बुधबार मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ को अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा छात्राहरुलाई साइकल वितरण गरिएको हो । छात्राहरुलाई साइकल वितरण गर्दै सांसद दाहालले शिक्षाले नै समाजलाई परिवर्तन गराउने भएकाले छात्राहरुलाई यसरी गरिएको प्रोत्साहनले व्यक्तिको शारिरिक, मानसिक तथा सामाजिक वृद्धि विकासमै मद्धत पुग्ने बताउनु भयो । उच्च शिक्षा अध्ययनका लागि छात्राहरुलाई विद्यालयसम्म आउनजान सहज होस भन्ने उद्देश्यले छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

गाउँपालिकाको गत आर्थिक वर्ष २०८०÷०८१ को निति तथा कार्यक्रम अनुसार ‘प्लस टु’ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ को भनाई छ ।
‘पालिका भित्र रहेका दुई वटा उच्च माध्यमिक तहमा अध्ययनरत १ सय ७९ जना विपन्न, दलित, आदिवासी जनजाती छात्राहरुलाई साइकल वितरण गरिएको हो,’ उहाँले भन्नुभयोे ।
कार्यक्रममा अध्यक्ष मोक्तानले गाउँपालिकाले जनमुखी काम गर्दै गएको उल्लेख गर्दै कतिपय विकास विरोधीहरुलाई स्थानीय सरकारले गरेका कामले भतभती पोल्न थालेपछि अनर्गल प्रचारका लागी भ्रम छर्ने गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, हामीले जे गरेका छौं पालिकाकाले नागरीकको हितमा गरेका छौं । सुशासन र समृद्धिका लागी गरेका छौं । तर केहीलाई हाम्रा काम देखेर खाएको पचाउन मुस्कील परेको छ । हुदै नभएका आरोप लगाएर प्रचार गर्न थालिएको छ त्यसमा कुनै सत्यता छैना पालिकाबासी कोही भ्रममा नपर्नुहोला ।’

उता नेकपा माओवादी केन्द्र मरिण गाउँपालिकाका अध्यक्ष काजिमान थिङले पालिका सरकारले छात्राहरुका लागि साइकल वितरण गर्दा छोरी, बुहारीमा उच्च शिक्षा हाँसिक गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हेर्दा सामान्य जस्तो लागेपनि यसले छात्राहरुको शैक्षिक योग्यता उच्च बनाउन, शैक्षिक गुणस्तर कामय गर्न र शिक्षा र चेतनाका कारण बालविबाह न्युनिकरण गर्न समेत मद्धत पुगेको छ ।’
उहाँले पालिकाले शैक्षिक क्षेत्रका साथै समग्र विकासमा देशभरकै पालिकाहरुको तुलनामा अब्बल काम गरेपनि त्यसको प्रचारप्रसार र मूल्यांकन हुन नसक्दा विरोधीहरुले कुराकाट्न थालेको बताउँनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीका अनुसार मरिण गाउँपालिका ७ स्थित कपिलाकोट माध्यमिक विद्यालयका १ सय २७ जना र मरिण गाउँपालिका ४ स्थित मावि मरिण खयरसालका ५२ जना छात्राहरुलाई गरी कुल १ सय ७९ वटा साइकल वितरण गरिएको हो ।
गाउँपालिकाले गत आर्थिक वर्षको निति तथा कार्यक्रममा प्लस टु अध्ययनरत छात्राहरुलाई साइकल वितरणमा बजेट विनियोजन गरेपनि साइकल खरिद गर्दा विद्यालय वर्षे विदा भएकाले वितरणमा ढिलाई भएको उहाँको भनाई छ ।
गाउँपालिकामा रहेका विद्यालयहरुमध्ये दुईवटामा मात्र उच्च शिक्षा संचालन भएका कारण विद्यार्थीहरु एक देखी दुई घण्टासम्मको पैदल हिडेर विद्यालय पुग्नु पर्ने बाध्यता रहेको छ ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा पनि पहिलो पटक १ सय ६० जना छात्राहरुलाई साइकल वितरण गरेको थियो ।

साइकल वितरण कार्यक्रममा मावि कपिलाकोटाका प्रध्यानध्यापक अमृत सिं घिसिङ र मावि मरिण खयरसालका प्रध्यानध्यापक मानध्वज बम्जनले छात्राहरुले साइकल पाउँदा विद्यालयमा नियमित अध्ययनका लागि आउन जान सहज भएको बताउँनु भयो ।
उहाँहरुले यातायातको सहज पहुँच नहुँदा र घरव्यवहारले समय निकाल्न नसक्दा कतिपय छात्राहरुले विचैमा पढाई छाड्ने गरेकामा यससरी साइकल वितरण हुँदा पढाईलाई निरन्तरता दिने र छात्राहरुमा हौसला समेत बढ्ने गरेको उल्लेख गर्नुभयो ।

पालिका भित्रका सबै विद्यालयमा विद्यालय बस नहुँदा कतिपय छात्राहरुले विद्यालय जान आउन सास्ती खेप्दै आएका थिए । पालिकाले साइकल वितरण गरेपछि आफुहरुमा सहजता मिल्ने छात्राहरुले प्रतिक्रिया दिएका छन ।
यसैविच गाउँपालिकाले पालिका भित्रका ९ वटा बालविकास केन्द्र र एक वटा आवसिय विद्यालयका छात्र तथा छात्राहरुलाई शैक्षिक समाग्री समेत वितरण गरेको छ । ब्याग, कपडा, ब्रस, नङकट लगायत शैक्षिक सामाग्री वितरण गरिएको मरिण गाउँपालिका अन्तरगत शिक्षा शाखा प्रमुख नवराज बरालको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेका मरिण गाउँकमिटिका उापध्यक्ष, एकिकृत समाजबादी मरिण गाउँकमिटिका अध्यक्ष, मरिण बहुमुखी क्याम्पसका प्रमुख लगायतले समेत आफ्ना धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...