Skip to main content

Sindhul Dainik

कमलामाई नगरको निर्णय खारेज

Advertisement

सिन्धुली । कमलामाई नगरपालिकाले गरेको सरकारी विद्यालयमा पढाउनु पर्ने नियम अव लागू नहुने भएको छ ।
सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने कमलामाई नगरपालिकाको निर्णयमा ठेस लागेको छ । अव यो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
उच्च अदालत पाटनमा परेको रिट माथिको आज भएको सुनुवाईमा रिट जारी हुने फैसला भएको हो । यो सँगै नगरपालिकाको आदेश कार्यान्वयन नहुने अधिबक्ता लोकहरि आचार्यले बताउनु भयो ।
नगरपालिकाले शैक्षिक सत्र २०८१ देखि अनिवार्य रुपमा सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा नपढाए कार्वाही हुने भन्दै सूचना जारी गरेको थियो ।
आज भएको रिट माथिको अन्तिम सुनुवाईमा निवेदकका तर्फबाट अधिबक्ता लोकहरि आचार्य र अधिबक्ता लिलानाथ घिमिरेले बहस गर्नु भएको थियो ।
शिक्षक कर्मचारी र अन्य नागरिक विच नगरपालिकाले भेदभाव गरेको र बालबालिकाको पढन पाउने अधिकार हनन हुनुको साथै अभिभावकको आफ्ना छोराछोरीलाई कस्तो शिक्षा उपलब्ध गराउने भन्ने अभिभावकीय हक समेत नगरपालिकाको निर्णयले संकुचन गरेको अधिबक्ता लोकहरि आचार्यले बताउनु भयो ।
उच्च अदालतका माननीय न्यायधिश लेखनाथ पौडेल र हेमन्त रावलको संयुक्त इजालसले नगरपालिकाको निर्णय विरुद्ध परेको रिट जारी हुने फैसला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...