सिन्धुली । सिन्धुलीमा खोलाले बगाउँदा एक जना बालकको मृत्यु भएको हो ।
जिल्लाको तीनपाटन गाउँपालिका ११ मा रहेको हाँडीखोलाले बगाउँदा सोही गाउँपालिका ४ लुभु बस्ने कमल तामाङको अन्दाजी चार वर्षका छोरा मन्जिल तामाङको मृत्यु भएको हो ।
हाँडिखोलाले बगाएर बालकलाई हाँडी खोलाको दोभानमा ल्याई ढुङ्गामा अडकी रहेको अवस्थामा स्थानीय सेतीमाया अछामी मगरले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खोलाबाट उद्धार गरी लाम्पान्टार स्वास्थ्य केन्द्रमा पु¥याइएको भएपनि चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।
मृतक बालकको शव अनुशन्धानपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।



