२४ साउन, सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा युवा संघ सिन्धुलीले नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनका जिल्ला अध्यक्ष अरुण कुमार पाख्रीनको अध्यक्षता तथा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष पुष्पराज श्रेष्ठको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य प्रदिप कटुवाल, नेकपा एमाले जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, जिल्ला पार्टी पदाधिकारी, नेता, कार्यकर्ता, बुद्दिजिवी, शुभचिन्तक, युवा, विद्यार्थी , महिला, कर्मचारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
जिल्लामा रगत अभावका कारण कसैले अनाहकमा ज्यान गुमाउनु नपरोस तथा अत्यावश्यक रगतको कमि नहोस भन्ने हेतुले संगठनको सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सो को परिपुर्तिका लागि संगठनको १ महिने केन्द्रीय अभियान अन्तर्गत जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरिएको संगठनका जिल्ला सचिव श्रवण नेवा खड्गीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुष्पराज श्रेष्ठले राष्ट्रिय युवा संघ सधैं भरी देश र जनताप्रती उत्तरदायी रहेको एवं रचनात्मक तथा सृजनशिल कार्यक्रमहरु देशव्यापी संचालन गरि अगाडि बढेको देशको प्रमुख युवा शक्ति तथा संगठन रहेको बताउनु भयो । कार्यक्रममा रक्तदाताहरुलाइ धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथी श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए ।



