Skip to main content

Sindhul Dainik

३० औं विश्व आदिवासी जनजाती दिवसमा मरिणका विद्यार्थी र खेलाडी सम्मानित

Advertisement

सिन्धुली । ३० औं विश्व आदिवासी जनजाती दिवसको अवसरमा सिन्धुलीको मरिण गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
शनिवार नेपाल आदिवासी जनजाती महासंघ मरिण गाउँपालिका समन्वय परिषदको आयोजनामा आदिवासी जनजाती सांस्कृति प्रबद्र्धन तथा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यातामा भएको कार्यक्रममा आदिवासी जनजातीको मौलिक कला तथा संस्कृतिको समेत प्रदर्शन गरिएको छ ।
यस्तै मरिण गाउँपालिका अन्तरगत कपिलाकोट मावि र मावि मरिण खयरसालबाट गत वर्षको परिक्षामा सम्मीलित भई कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने चार जना छात्र तथा छात्राहरुलाई सम्मान समेत गरिएको मावि मरिण खयरसालका प्रध्यानध्यापक मानध्वज बम्जनले बताउँनु भयो ।
प्रअ बम्जनका अनुसार मावि कपिलाकोटका झरना गुर्मछान र खड्गबहादुर थापामगर, मावि मरिण खयरसालका अस्मिता कुमारी मोक्तान र सुदिप बम्जन गरी चार जना विद्यार्थीहरुलाई कक्षा १२ को परिक्षामा उत्कृष्ट जिपिए ल्याएकोमा कार्यक्रममा सम्मान गरिएको हो ।

यस्तै मरिण गाउँपालिकामा रहि विभिन्न खेलकुद प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत सम्मान गरिएको छ । गत आर्थिक वर्षमा संचालन भएको बागमती प्रदेश स्तरिय कराँते प्रतियोगितामा मरिण गाउँपालिकाबाट रजत पदक विजेता र राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने खेलाडीहरुलाई नगद तथा प्रमाण पत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी मोक्तानले मरिण आदिवासीहरुको भुमि थलो भएको बताउँदै मरिणका आदीवासी जनजातीहरुको आफ्ना मौलिक पहिचान, जातजाती, धर्म र संस्कृतिको जगेर्ना र संरक्षमा मरिण सरकारले गर्नु पर्ने सबै सहयोग गर्न तयार रहेको बताउँनु भयो ।
पछिल्ला दिनहरुमा आधुनिक सभ्यतासंगै आफ्ना परम्परागत र जातिय पहिचानका धार्मीक तथा सांस्कृतीक सभ्यताहरु विर्संदै गएको भन्दै अध्यक्ष मोक्तानले त्यस्ता पहिचानहरुको संरक्षणमा हरेक समुदाय आफै सक्रिय हुनुपर्नेमा जोड दिनु भयो ।
आदिावसी जनजातीहरुको बाहुल्यता रहेको मरिण गाउँपालिकामा खास गरेर तामाङ, माझी, मगर, नेवार, भुजेल, हायु र थामी समुदायको बसोबास रहेको छ ।

कार्यक्रमका विशिष्ट अतिथी मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी, नेकपा माओवादी मरिण गाउँ पालिकाका अध्यक्ष काजीमान थिङ, नेपाल समाजीवादी पार्टी मरिण गाउँपालिाकाका अध्यक्ष छत्रा लाखे, नेपाल तामाङ घेदुङ मरिणका अध्यक्ष मोतिलाल गोले, नेवा दया दभु मरिणका अध्यक्ष राजेन्द्र श्रेष्ठ, माझी उत्थान संघ मरिणका अध्यक्ष भगवान माझी, नेपाल मगर संघ मरिणका अध्यक्ष खिल बहादुर गुर्मछान, भुजेल समाज मरिणका अध्यक्ष लक्ष्मण भुजेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाल आदिवासी जनजाती महासंघ मरिण गाउँपालिका समन्वय परिषदका सचिव टिकाराम स्याङतानले संचालन गर्नुभएको उक्त कार्यक्रममा मरिण गाउँपालिकाको आर्थिक सहयोग समेत गरेको छ । सो कार्यक्रममा स्थानीय शिक्षक, विद्यार्थी, खेलाडी, समाजसेवी तथा सर्वसाधरणको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...