सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा पहिलो पटक साप्ताहिक कृषि हाटबजार सुरु भएको छ ।
स्थानीय कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको बजारीकरणको लागि स्थानीय स्तरमै साप्ताहिक हाटबजार सुरु गरिएको हो ।
लिबर्ड रेरास र सुनकोशी गाउँपालिकाको समन्वयमा वडा नम्बर ५ को रामटारमा हाटबजार सुरु भएको हो । हरेक बुधबार लाग्ने गरी सुरु गरिएको साप्ताहिक हाटबजारको उद्घाटन सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल,उपाध्यक्ष कपिल कुमार कोइरालाले संयुक्त रुपमा गरेका छन् ।
साप्ताहिक हाटमा स्थानिय उत्पादित साग, कागती, काक्रा, चिचिन्डा, निगुरो, फर्सीको मुन्टा, स्कुसको मुन्टा, बोडी, राजमा, ड्राईगनफ्रुड, अनार, लत्ताकपडा, लगाएतका सामाग्रीहरु विक्रीको लागि राखिएको छ ।
स्थानीय कृषकको थोरै भएपनि उत्पादनले बजार पाउने र उपभोक्ताले समेत सुपत मुल्यमा ताजा उत्पादन उपभोग गर्न पाउने भएपछि साप्ताहिक हाट बजार सुर गरिएको बताइएको छ ।



