सिन्धुली । सिन्धुलीमा एक जना छोराले बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाी ७ पन्चचौरी स्थित लामपाते बस्ने अन्दाजी बर्ष ५८ को लाल बहादुर घिमिरे विकको उनकै माईला छोरा बर्ष २१ को अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कट्वालका अनुसार अमृतले बुबा लाल बहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेर घटना स्थलमै हत्या गरेका हुन् ।
उक्त घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृत समेत टोली खटि गई बन्चरो प्रहार गर्ने अमृत घिमिरे विक लाई बन्चरो सहित नियन्त्रणमा लिईएको समेत प्रहरी निरिक्षक कट्वालको भनाई छ ।
मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ भने अमृत माथी थप अनुसन्धान भईरहेको बताइएको छ ।



