सिन्धुली । सिन्धुलीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कट्वालका अनुसार सिन्धुलीको हरिहरपुरगढी गाउँपलिका १ माथिल्लो चिसापानीमा आगालागि भएको हो ।
आगलागीबाट स्थानीय उमेश गोलेको दुई तले काठको कच्ची घर जलेर नष्ट भएको छआगलागीबाट मानविय तथा चौपाया क्षती नभएपनि काठको कच्ची घर पुर्ण रुपमा जली क्षति भएको र घरमा जडान गरीएको प्यानेल, अन्नपात, भाडावर्तन गरी जलेर नष्ट भएको छ ।
आगलागीबाट करिव एक लाख ४० हजार रुपैयाँ बराबरको क्षेती भएको प्रहरीको भनाई छ ।



