Sindhul Dainik

उद्योग मन्त्रालयका सम्पूर्ण काम प्रविधिमैत्री बनाउँछौं : मन्त्री तामाङ

Advertisement

हेटौँडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले मन्त्रालयका सम्पूर्ण सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने बताएकी छिन् ।
मन्त्रालयको पहिलो वार्षिकोत्सवको अवसरमा मन्त्रालयको सेवासम्बन्धी जानकारीमूलक डिजिटल डिस्प्ले उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।
उनले मन्त्रालयको कार्य जिम्मेवारी अनुरूप सम्पादन गर्नुपर्ने कार्यहरूलाई आर्थिक अनुशासन कायम गर्दै सर्वसाधारणले पाउनुपर्ने सेवा सुबिधा छिटो, छरितो एवम् प्रभावकारी र कुशलतापूर्वक सञ्चालन गर्न उत्साहजनक सहभागिता र सहयोगका लागि उनले कर्मचारीको प्रशंसा गरिन् ।
व्यापार र उद्योगको क्षेत्रमा, व्यापार सम्बन्धि नीति, कार्यक्रम, कानुन, मापदण्ड, योजना तर्जुमा र कार्यान्वयनका लागि प्रचलित ऐन नियमको परिधिमा रही मन्त्रालय र अन्तर्गत कार्यालयहरूमा कार्यरत जनशक्तिबाट संरचनागत आधारमा विकास र वातावरणीय सन्तुलन कायम राखी प्रविधिमैत्री प्रदेश निर्माण गर्न उत्पादन र उत्पादकत्व बढाउन साना, मझौला, घरेलु, र लघु उद्योग स्थापना गर्न उद्यमीलाई उत्साहित गर्दै उद्यमशीलताबाट स्वरोजगार तथा रोजगारी सिर्जना गर्नेमा उनको विश्वास छ ।

उद्यमीहरूको क्षमता अभिवृद्धि गर्न उद्यम तालिम, उद्योग प्रवद्र्धन औद्योगिक बस्तुको निर्यात र औद्योगिक प्रदर्शनीहरू, उद्यमीलाई प्रविधि हस्तान्तरण गर्ने जस्ता कार्यक्रम सफलतापूर्वक अघि बढिरहेका छन्,’ उनले खनिज र भौगोलिक अध्ययन, खानी र खनिज पदार्थको अन्वेषण र व्यवस्थापनमा प्रादेशिक नीति, कानुन र मापदण्ड तर्जुमा र कार्यान्वयनमा सुरु गरेका कार्यहरूले सकारात्मक दिशा लिएको दाबी गरिन् ।

भौगोलिक अध्ययन, नक्सा व्यवस्थापन र भौगोलिक सूचना प्रणालीको समन्वयले मन्त्रालयका कामहरूलाई अझ प्रभावकारी बनाउने आशा गरेकी उनले उपभोक्ता संरक्षणका क्षेत्रमा पनि मूल्य र कालोबजारी नियन्त्रण, उपभोक्ता हक अधिकार संरक्षण, स्वदेशी उत्पादनमैत्री कार्यालय र उपभोक्ता अदालत गठन जस्ता पहलहरूलाई प्राथमिकता दिइएको बताइन् । ‘यी प्रयासहरूले उपभोक्ताको सन्तुष्टि र सुरक्षा सुनिश्चित गर्न हामी सफल हुनेछौँ भन्ने विश्वास छ,’ उनले भनिन् ।

भूमि व्यवस्थापन क्षेत्रमा, भूमि प्रशासन, नाप जाँच, भूमिसुधार, नदी उकास जमिन संरक्षण गरी व्यावसायिक प्रयोजनार्थ भूमिको निर्माण गर्ने र भू उपयोग नीति तथा मापदण्ड तर्जुमा र कार्यान्वयनलाई तीव्र रूपमा कार्यहरू अघि बढाएको जानकारी दिएकी उनले भूमि अभिलेख व्यवस्थापन, जग्गा दर्ता, र स्वामित्व हस्तान्तरण प्रक्रियामा सुधार ल्याउने प्रयासलाई कर्मचारीको सक्रियता र सहयोगले सफल बनाएको बताइन् । ‘भूमिहीन वर्गको बसोबास र पुन स्थापना कार्यक्रममा पनि हामीले ठोस कदम उठाउन सफल भएका छौँ,’ उनको कथन छ ।

पुस्तिकाले विगतका वर्षहरूका कार्यहरूको अभिलेखीकरण गर्नुका साथै मन्त्रालयका सबल पक्षलाई बढाउँदै कमीकमजोरी सुधार गरी आगामी दिनहरूमा अझ परिणाममुखी बनाइने उद्योग गरौँ, उद्यमी बनौँ र समृद्ध नेपाल बनाऔँ’ भन्ने मूल नारालाई मूर्तरूप दिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...