Sindhul Dainik

माओवादी केन्द्र सिन्धुलीका नेता एमालेमा प्रवेश

Advertisement

सिन्धुली । नेकपा माओवादी केन्द्र सिन्धुलीका जिल्ला कमिटि सदस्य नरबहादुर रजनमगर एमाले पार्टीमा प्रवेश गरेका छन् ।
बुधबार सिन्धुलीमाढीमा आयोजित एक कार्यक्रमका विच रजनमगर एमालेमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र सिन्धुलीका नेता रजनमगरलाई एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको हातबाट टिका ग्रहण गर्दै एमालेमा प्रवेश गराइएको हो ।
रजनमगर माओवादी केन्द्र सिन्धुली जिल्ला कमिटी सदस्य तथा सहिद दलबहादुर रजनमगरको छोरा हुन् ।
यस्तै राप्रपा नेपाल पार्टीका फडिन्द्र बहादुर ठकुरी पनि एमाले प्रवेश गरेका छन् ।
तीनकन्याका ठकुरीले राप्रपा नेपाल परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई नेकपा एमालेमा प्रवेश गराउँदै कार्यक्रमका प्रमुख अतिथि डा.राजन भट्टराईले पुरानै घर फर्केकोमा राजन र ठकुरीलाई धन्यावाद दिँदै एमालेको विकल्प नरहेको बताए ।
नेकपा एमाले जनताको पार्टी हो, राजनीति स्वार्थ रहित हुनुपर्ने बताउँदै सबै जुझारु, विकास प्रेमी र शान्ति चाहने हरूलाई एमालेमा गोलबन्द हुनसमेत आग्रह गरेका थिए ।

यसैविच आजै एमाले सिन्धुलीको पार्टी कार्यात्रलयमा एमाले सिन्धुलीको जिल्ला कमिटिका सदस्य तथा विभिन्न कमिटिलाई सपथग्रहण समेत गराइएको छ । उक्त कार्यक्रम अघि पत्रकार सम्मेलनको समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...