Sindhul Dainik

सिन्धुलीमा चोरीको मोटर साइकल सहित दुई पक्राउ

Advertisement

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जाबाट चोरीको मोटर साइकल सहित दुई पक्राउ परेका छन् ।
बिपी राजमार्गस्थित सुनकोशी गाउँपालिका १ दुम्जामा चेक जाँच गर्नेक्रममा चोरीको मोटरसाइकल सहित रौतहटको बोधिमाई नगरपालिका १ बस्ने १९ वर्षीय बिशम्बर साह कलवार र रौतहटको बोधिमाई नगरपालिका ८ का १८ वर्षका सुरज कुमार गोसाईलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँबाट सिन्धुली आउँदै गरेको बा.प्र.०२–०२७ प १३७६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त मोटरसाइकल चोरी भएकाले नियन्त्रणमा थप अनुसन्धानको लागी ललितपुरको प्रहरी वृत्त सात दोबाटो पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...