Sindhul Dainik

तिनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविर सम्पन्न

Advertisement

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविरको आयोजना गरिएको छ । गाउँपालिकाले समाज डेण्टल हस्पिटल काठमाण्डौंसंगको सहकार्यमा तिन दिने निशुल्क दन्त शिविरको आयोजना गरेको हो ।
शिविरमा स्थानीय १ हजार १ सय ६७ जनाको दाँत तथा दन्तसम्बन्धी रोगको परिक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंकबहादुर नेगीले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापामगरको अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको शिविरमा स्थानीयको दाँत परिक्षण, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत बनाउँने, झिक्ने र नयाँ दाँत हाल्नुका साथै अन्य औषधीजन्य सामाग्री वितरण गरिएको थियो ।
तिनपाटन गाउँपालिका ११ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा ७ सय ८३ जना र प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा भएको शिविरमा ३ सय ८४ जनाको दन्त परिक्षण गरिएको हो ।
समाज डेण्टल हस्पिटल काठमाण्डौंका दन्त रोक विशेषज्ञ र अन्य २१ जनाको प्राविधिक टोलिले उक्त शिविरमा सेवा प्रवाह गरेका थिए ।
स्थानीय नागरिकले दन्त परिक्षणका लागि हजारौं रुपैयाँ खर्चेर काठमाण्डौंसम्म पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै गँउमै यस्तो सेवा प्रवाह गर्दा प्रभावकारी हुने प्रतिनिधि सभा सदस्य घिमिरेले उल्लेख गरे । उनले यस्ता सेवाहरु आगामी दिनमा समेत निरन्तर गर्दै लगिने बताए ।
उनगाउँपालिकाका नागरिकहरुलाई गाउँघरमै दन्त सम्बन्धि सेवा प्रवाह गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण थापामगरले जानकारी दिए ।
शिविरमा गाउँपालिकाका उपाध्यक्ष अशोक पुलामी, वडा अध्यक्षहरु गोविन्द राउत, मुकुन्द पौडेल, लाल बहादुर स्याङ्तान, तिलक बहादुर बस्नेत, पुण्यहरी भुजेल, युवराज पाहाडी, स्वास्थ्य शाखा प्रमुख रामवेचन शाह, कार्यपालिका सदस्य, वडा सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...