Sindhul Dainik

नेकपा एमाले सिन्धुलीको चौथो पूर्ण बैठक दुधौलीमा

Advertisement

सिन्धुली । नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीको चौथो पूर्ण बैठक जिल्लाको दुधौली नगरपालिकामा सुरु भएको छ ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षता तथा नेकपा एमालेका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको हो ।
दुधौली नगरपालिका ९ स्थित सभा हलमा आयोजित बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु गणेश पहाडी, मनोजजंग थापा, कमलाजंग राई, विषमलाल अधिकारी, उमा कोइराला, सुवास देबकोटा, निरुकुमारी कुवर लगायत केन्द्र, प्रदेश र जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ ।
बैठकमा एमालेका जिल्ला कमिटि पदाधिकारी तथा सल्लाकार परिषद समिति, लेखा समितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको छ ।
बैठकमा पार्टीको नियमिति गतिविधि, संगठन सुदृढीकरण, राजनितिक तथा बैचारीक कार्यदिशा लगायत समसामयिक विषयमा छलफल हुने नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्र देव श्रेष्ठले जानकारी दिनुभयो ।
दुई दिनसम्म संचालन हुने बैठकको ब्यबस्थापन नेकपा एमाले दुधौली नगर कमिटीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...