Sindhul Dainik

सिन्धुलीमा सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई ट्रयाकसुट र झोला वितरण

Advertisement

सिन्धुली । सिन्धुलीका दुई सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई ट्रयाकसुट र झोला वितरण गरिएको छ ।
जिल्लाको तीनपाटन गाउँपालिका ५ मा रहेको श्री कालिका मावि लंगुर छविसे र आधारभुत विद्यालय लंगुर नर्कटेका विद्यार्थीहरूलाई ट्रयाकसुट र झोला वितरण गरिएको हो ।
सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी आवशिय माविको सहयोगमा कालिका मावि लंगुर छविसेका १ सय ६२ जना र आधारभुत विद्यालय लंगुर नर्कटेका ४३ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ ।
यस्तै कोबे ईन्टरनेश्नल एजुकेसन सेन्टर (केआइइसि) सिन्धुलीको सहयोगमा कालिका मावि लंगुर छविसेका ५० जना र आधारभुत विद्यालय लंगुर नर्कटेका ४१ जना विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरिएको हो ।

श्री कालिका मावि लंगुर छविसेमा आयोजित एक कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, बाणिज्य, भुमि तथा प्रशासन मन्त्री शुक माया तामाङले विद्यार्थीहरुलाई ट्रयाकसुट र झोला वितरण गरेकी हुन् ।
कालिमा मावि लंगुर छविसेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धि बहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री तामाङले सामुदायिक विद्यालयको शिक्षा सुधारमा भौतिक पूर्वाधारमा मात्र नभएर विद्यार्थीको मनोवलसमेत बृद्धि गर्नु पर्ने बताईन् । उनले विपन्न बालबालिकाहरुलाई सहयोगी हातहरुबाट प्रदान गरिएका यस्ता सहयोगले हौसला मिलेको उल्लेख गर्दै प्रदेश सरकारले समेत शैक्षिक सुधारकाका आवश्यक सहयोग गर्ने बताईन् ।

विद्यार्थीरूलाई ट्रयाकसुट वितरण गर्दै भगवती आवशिय अंग्रेजी मावि सिन्धुलीका प्रिन्सिपल कृष्ण कुमार उप्रेतीले विद्यालयको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत सामुदायिक विद्यालयका विपन्न बालबालिकाहरुलाई ट्रयाकसुट वितरण गरिएको बताए ।
उनले सोही कार्यक्रममा अवको शिक्षा संस्कार सहितको हुनुपर्नेमा समेत जोड दिए । ‘परिवारले बालबालिकालाई शिक्षा संगै संस्कार पनि सिकाउनुपर्छ । संस्कार भनेको सिप पनि हो । सिपलाई प्रविधिसंग जोड्न सकेमात्र हरेक विद्यार्थीले सिक्ने
र भविष्यमा विक्न सक्ने पछिल्लो समय शिक्षा क्षेत्रमा राजनीतिक दबदभा बढ्दै गएको प्रति चिन्ता व्यक्त गदैृ उप्रेतीले राजनितिकै कारण सरकारी विद्यालयको गुणस्तर खस्किदै गएको बताए ।

कोबे ईन्टरनेशनल एजुकेसन सेन्टरका प्रबन्धक निसान बुढाथोकीले आफुले पढेको विद्यालयका बालबालिकालाई सानो भए पनि सहयोग गर्न पाउँदा हर्षित भएको बताए । उनले कालिका माविका विपन्न बालबालिकाहरुलाई सहयोग गर्न विद्यालयले घोषणा गरेको अक्षयकोषमा १ लाख १ हजार सहयोग गर्ने बताए । उनले केआइइसिका तर्फबाट यसै शैक्षिक शत्रभित्र जिल्लाका अन्य ५ वटा विद्यालयका विद्यार्थीहरुलाई समेत झोला वितरण गर्ने तयारी गरिएको बताए ।

कालिका मावि लंगुर छविसेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धि कटुवालले विद्यालयले घोषणा गरेको अक्षयकोषमा हालसम्म १७ जनाबढीले सहयोग गरेको उल्लेख गर्दै विद्यालयका विपन्न विद्यार्थीहरुलाई ट्रयाकसुट र झोला वितरण गर्न सहयोग गर्ने दुबै सहयोगी निकायप्रति आभार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...