Sindhul Dainik

कपिलाकोट मावि मरिणको ६४ औँ बाषिकोत्सव : विभिन्न व्यक्तिलाई सम्मान, विद्यार्थीलाई छात्रवृत्ति वितरण

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ७ महेश्वता छापमा रहेको श्री कपिलकोट माध्यमिक विद्यालय छाप–महेश्वताको ६४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ (उत्साह) को अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को विशिष्ट आतिथ्यतामा भएको हो ।

बाषिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी तथा प्रतिनिधिसभा सदस्य राजन दाहालले छोटो समयमानै कपिलाकोट माविमा धेरै प्रगती गरेको उल्लेख गर्दै नेतृत्व सक्षम भए काममा पनि प्रगती देखिने बताउँनुभयो ।
विद्यालयले छात्रवृद्धि कोष स्थापना गर्दै विद्यार्थीहरुमा रचनात्मक र सिर्जनात्मक गतिविधिहरु संगै अनुशासनलाई जोड दिँदा विद्यालयको शैक्षिक वातावरणमा समेत अब्बलता देखिँदै गएको उहाँको भनाई छ । विद्यालयले अभिभावक र विद्यार्थीहरुमा आत्मविश्वास बढाउन सके मात्रै विद्यार्थीहरुको चाप बढ्ने उहाँले बताउनुभयो ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले कपिलाकोट माविलाई नमुना विद्यालय बनाउन स्थानिय सरकारले कुनै पनि कसुर बाँकी नराख्ने उल्लेख गर्नुभयो । उहाँले अहिले सम्म विद्यालयले प्रस्ताव गरेको अधिकांश कार्यक्रमहरुमा गाउँपालिकाले सहयोग गर्दै आएको बताउनुभयो ।

माओवादी केन्द्र मरिण गाउँसमितिका अध्यक्ष काजीमान थिङले पछिल्लो समय अंग्रेजी भाषा पढाउने बाहानामा अभिभावकहरुले बालबालिकाहरुलाई निजी विद्यालय रोज्दा सामुदायिक विद्यालयहरुमा विद्यार्थी घढ्दै गएको बताउनुभयो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक अमृतसिं घिसिङले आर्थिक बर्ष २०८०÷०८१ को कुल ४ करोड १० लाख ३२ हजार ६ सय ३१ रुपैंया बराबरको आर्थिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक घिसिङले विद्यालयको शैक्षिक सुधारका प्रयास, तत्कालिन, अल्पकालीन र दिर्घकालीन योजनाहरु समेत सार्वजनिक गर्नुभएको छ ।

बाषिकोत्सवको अवसरमा विद्यालयले छात्रवृत्ति अक्षयकोषबाट प्राप्त भएको २ लाख ६९ हजार रुपैयाँ आर्थिक रुपमा गरिव, विपन्न, जेहेदार र पिछडिएका १ सय ८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारीका साथै छात्रवृत्ति कोषका संस्थापक सदस्यहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, छात्रवृत्तिकोषका संस्थापक सदस्यहरु, अभिभावक, शिक्षा प्रेमी, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...