Skip to main content

Sindhul Dainik

प्रथम खेलकुद महोत्सवमा सञ्चालित विभिन्न विधाका खेल सम्पन्न, महोत्सव मंगलबार समापन गरिँदै

Advertisement

सिन्धुली – प्रथम जिल्ला खेलकुद महोत्सव २०८१ अन्तर्गत पाचौँ दिन विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । फागुन ८ गतेबाट सञ्चालन भएको खेल महोत्सवको पाचौँ दिन विभिन्न पालिका विच भएको प्रतिस्पर्धामा एथलेटिक्स, भलिबल र फुटबल लगायतका खेलहरु सम्पन्न भएको हो ।
खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको एथलेटिक्स अन्तर्गत ३ सय मिटर दौडमा पुरुष तर्फ भएको प्रतिस्पर्धामा कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । त्यसैगरि ३ सय मिटर दौडमा महिला तर्फ कमलामाई नगरपालिका र मरिण गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा कमलामाई नगरपालिका पहिलो र मरिण गाउँपालिका दोस्रो भएको छ ।
यसैगरी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जसमा भलिबलमा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, तीनपाटन गाउँपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । बेस्ट प्लेयर्स टु टुर्नामेन्टको उपाधी कमलामाई नगरपालिकाका जर्सी नम्बर ७ का सरोज हायुले पाएका छन् । यसैगरी भलिबलमा महिला तर्फ तीनपाटन गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । जसमा बेस्ट प्लेयर्स टु टुर्नामेन्टको उपाधी कमलामाई नगरपालिकाका जर्सी नम्बर ७ का यशोधा श्रेष्ठले पाएका छन् ।
त्यस्तै फुटबलमा महिला तर्फ हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा २–० को अन्तरमा मरिण गाउँपालिकालाई पछि पार्दै हरिहरपुरगढी गाउँपालिका पहिलो भएको छ । साथै पुरुष तर्फ फुटबलमा कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिका बिच फाइनल खेल भोली हुने आयोजक टिमले बताएका छन् ।
‘स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद‘ भन्ने नाराका साथ फागुन ८ गते देखि सुरु भएको खेलकुद महोत्सव फागुन १३ गते अर्थात भोली समापन हुने छ । खेलकुद महोत्सवमा फुटबल, क्रिकेट, कराँते, एथलेटिक्सस लागायतका खेलहरु भएका छन् । जसमा ९ वटै पालिकाका खेलाडीहरू सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...