Skip to main content

Sindhul Dainik

मावि मरिण खयरसालको ६१ औं बार्षिकोत्सवमा स्मारीका विमोचन

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालको ६१ औं बार्षिकोत्सव तथा अभिभावक भेला भव्य रुपमा सम्पन्न भएको छ ।
सिन्धुली क्षेत्रनम्बर दुईका प्रतिनिधि सभासदस्य राजन दाहालको प्रमुख आतिथ्यता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को विशिष्ट आतिथ्यतामा बिहिबार एक भव्य कार्यक्रमका विच विद्यालयले बार्षिकोत्सव तथा अभिभावक भेला मनाएको हो ।
श्री माध्यमिक विद्यालय मरिण खयरसालको व्यवस्थापन समितिका अध्यक्ष टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयले ६१ औं बार्षिकोत्सव तथा अभिभावक भेला अवसरमा प्रकाशन गरिएका स्मारीकाको समेत सांसद दाहालले विमोचन गर्नु भएको छ ।

विद्यालयले स्थापना कालदेखी हालसम्म विद्यालयमा भएका विभिन्न गतिविधि, विद्यालय स्थापनामा योगदान गर्नेहरुको चर्चा, विद्यालय स्थापना देखि हालसम्मका व्यवस्थापन समिति, प्रअ तथा शिक्षक, विद्यार्थी तथा अभिभावक, विद्यालयलाई स्थापना देखि हालसम्मको अवस्थामा ल्याउन विभिन्न कालखण्डमा गरिएका प्रयासहरु, विद्यालयले शैक्षिक सुधारका लागि हालैमात्र स्थापना गरेको छात्रवृत्ति कोषका संस्थापक सदस्यहरुको नामावली समेत समेटेर पहिलो पटक स्मारीका प्रकाशन गरेको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि तथा सांसद दाहालले मावि मरिण खयरसाल मरिण गाउँपालिकाकै नमुना विद्यालयको रुपमा विकास हुँदै गएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यालयको शैक्षिक गतिविधि, गुणस्तरीय शिक्षा र उत्कृष्ठ नतिजाका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी सबैको सहभागिता आवश्यक पर्दछ । यस विद्यालयमा पनि त्यस्तो टिम देखिएको छ । यसलाई अझ उत्कृष्ठ बनाउँदै एसइई र कक्षा १२ सम्मको नतिजा उत्कृष्ठ ल्याउने गरी योजना बनाएर अघि बढ्न सक्नुपर्दछ ।’
सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि छिट्टै शिक्षा विद्ययक आउने उल्लेख गर्दै दाहालले शिक्षा विद्ययकसंगै शिक्षक दरबन्दी, शिक्षकहरु विचमा भएका समस्याको समाधान, भौगोलिक अवस्थाका आधारमा विद्यालयको संख्या निर्धारण लगाएतका काम गरिने बताउनु भयो ।
उहाँले उक्त विद्यालयको भौतिक पूर्वाधार विकासका लागि आवश्यक पर्ने सबैखाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तन (प्रख्यात) मरिण सरकार शैक्षिक क्षेत्रलाई जिल्लाकै उत्कृष्ठ पालिकाकोरुपमा विकास गर्नेगरी कामगर्दै आएको बताउँनु भयो ।
अध्यक्ष मोक्तानले मावि मरिण खयरसाल पालिकाकै नमुना विद्यालयको रुपमा विकास गर्न सक्रिय भूमिका निर्वाह गर्ने व्यवस्थापन तथा शिक्षकहरुको नेतृत्व प्रति अभार व्यक्त गर्दै शिक्षाबाट सफलता प्राप्त गर्न विद्यार्थी, अभिभावक तथा शिक्षकहरुले नै धेरै मेहनत गर्नु पर्ने सुझाव समेत दिनुभयो ।
मानिसले हरेक सफलताका लागि सपना देख्नु पर्ने भन्दै खयरसाल माविलाई मरिणकै नमुना विद्यालय निर्माण गर्ने सपना राख्न र त्यसलाई कार्यान्वयन गर्न स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने सबैसहयोग गर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति कोषका संस्थापक सदस्यहरु, विद्यालयका उत्कृष्ठ शिक्षक, विद्यालय स्थापना गर्न जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई सम्मान समेत गरिएको छ ।
यस्तै विद्यालयका पूर्व अध्यक्षहरु, पूर्व प्रअहरुलाई समेत सम्मान पत्रद्धारा सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक मानध्वज बम्जनले विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन, विद्यालयको भवि रणनिति लगायतका प्रतिवेदन पेश गर्नुभएको थियो ।
विद्यालयको ६१ औं बार्षिकोत्सव तथा अभिभावक भेलामा विभिन्न वडाका वडाअध्यक्षहरु, विभिन्न राजनितिक दल, मरिण गाउँपालिका शिक्षा शाखाका प्रतिनिधि, विभिन्न विद्यालयका अध्यक्ष तथा प्रअहरु, विभिन्न सामुदायिक संघ संस्थाका प्रतिनिधि, संचारकर्मीहरु, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको कार्यक्रममा विद्यार्थीहरुको नृत्य, विज्ञानका केही जानकारीका साथै रमाईलोका लागि हाँडीफोर कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
विद्यालयले नगद पुरस्कार समेत राखेर आयोजना गरेको हाँडीफोर खेलमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले हाँडी फुटाउन सफल हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...