Skip to main content

Sindhul Dainik

गोलन्जोरका १४ क्लवलाई पालिकाको खेलकुद सामाग्री वितरण

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले एकैपटक १४ वटा क्लवलाई खेलकुद सामाग्री वितरण गरेको छ ।
युवाहरुलाई खेल क्षेत्रमा सक्रिय बनाउँनका लागि गाउँपालिकाको उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत आइतबार क्लवहरुलाई खेलकुद सामाग्री तिवरण गरिएको हो ।
गोलन्जोर गाउँपालिका ४ का १४ वटा क्लवहरुलाई २ सय २० थान जर्सी, फुटवल लगायतका सामाग्री प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिनुभयो ।
‘पालिकाका युवाहरुलाई खेलकुदका माध्ययमबाट पालिकाका युवाहरुलाई स्वास्थ्य र राष्ट्रका हितमा परिचालन गर्न उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत बजेट विनियोजन गरेर प्रति क्लव १५ सेट जर्सी, फुटबल लगायतका खेलकुदका सामाग्रीहरु प्रदान गरिएको हो,’ न्यौपानेले भन्नुभयो ।
गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार), प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले संयुक्त रुपमा उक्त सामाग्री प्रदान गरेका हुन् ।
खेलकुद सामाग्री प्राप्त गर्ने क्लवहरुमा नवप्रतिभा युवा क्लव माथिल्लो मुलडाँडा, कालिका बाल क्लव माझकुभिण्डे, साहारा युवा क्लव तल्लो मुलडाँडा, रानिखोला यूवा क्लव, ध्रुवज्योति युवा क्लव टाँडी, श्री मिरमिरे बिहानी युवा क्लव डुडे, तिनकन्या युवा क्लव माझकुभिण्डे, न्यु भाविनी युवा क्लव खोक्लिङ रहेका छन् ।
यस्तै कालिका देवी युवा क्लव धापचौकी, भविष्य निर्माता यूवा क्लव किराते, काली भगवती युवा क्लव बतासे, श्री स्वच्छ हरियाली युवा क्लव तल्लो आलेगाउँ, जुनेली युवा क्लव माथिल्लो आलेगाउँ, नमुनाज्योति युवा क्लव फड्के र पाटनदेवी युवा क्लव ढुङ्ग्रे रहेका छन् ।
गोलन्जोर गाउँपालिका ४ वडा अध्यक्ष भक्त बहादुर भुजेलको अध्यक्षतामा भएको खेलकुद सामाग्री वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार), प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष रेगनराज थापा, वडा नम्बर ३ का वडाअध्यक्ष कृष्ण प्रसाद पोखरेल, गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रंजित देबकोटा, सदस्य देबराज आले, सदस्य सचिव हरिकिश्वर कार्की लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...