Sindhul Dainik

तिनपाटनमा दुईदिने आँखा शिविर सम्पन्न

Advertisement

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।
तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालसंगको सहकार्यमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना गरेको हो ।
उक्त केन्द्रको गाउँपालिकाका अध्यक्ष कर्ण थापामगरले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । आँखा उपचार केन्द्रको स्थापना संगै तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालले आँखा उपचारका लागि आवश्यक पर्ने, उपकरण, औषधी, चस्मा लगायतका सामाग्री सहयोग गरेका छन् ।
आगामी तिन वर्षसम्म आँखा उपचारका लागि तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपाल सहयोग गर्ने छन भने त्यसका लागि आवश्यक पर्ने दक्ष प्राविधिक तथा औषधी र उपकरणमा समेत सहयोग गर्ने सहमति भएको तिनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले जानकारी दिनुभयो ।
सोही अवसरमा गाउँपालिकामा दुईदिने निशुल्क आँखा उपचार सिविर समेत संचालन गरिएको छ ।
तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालसंगको सहकार्यमा दुई दिनसम्म आयोजना गरिएको शिविरमा स्थानीयको निशुल्क आँखा जाँच तथा उपचार गरिएको ।
भिजन हिमालयन फाउण्डेशन नेपालका अध्यक्ष थोमस बुचिल, तिलगंगा आँखा अस्पतालका सिइओ डाक्टर रिता गुरुङ, व्यवस्थापक डाक्टर महोनकृष्ण श्रेष्ठ, लगायतले सहजिकरण गर्नु भएको थियो ।
सिविरमा ६५ जनाको आँखा जाँच गरिएको छ । उनिहरुलाई निशुल्क अप्रेशन गरि चस्मा र औषधी वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नेगीको भनाई छ ।
आँखा उपचार केन्द्र तथा शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष धनबहादुर पुलामी (अशोक), वडा अध्यक्षहरु तिलक बहादुर बस्नेत, पुण्यहरी भुजेल लगायत राजनितिक दलका नेता तथा कार्यकर्ता, स्थानीय बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।
शिविरमा सहयोग गर्ने सहयोगी निकायलाई गाउँपलिकाका अध्यक्ष थापामगरले धन्यबाद व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहकार्यको अपेच्छा गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...