Sindhul Dainik

गोलन्जोरमा बुधबारबाट एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई हुँदै

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ ।
गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार बुधबारबाट पालिकाका ७ वटै वडाहरुमा एकिकृत घुम्ती शिविर र चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले बताउँनु भयो ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा संचालन गरेका विकास निर्माणका योजना, उपलब्ध सेवा वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक थलमो सेवाग्राही नागरिकले उठाएको प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरीकवाट प्राप्त रचनात्मक सुझावलाई ग्रहरण गर्ने तथा जिम्मेवार संस्कार बसाउन सार्वजनिक सुनवाई तथा एककिृत घुम्ती शिविरको आयोजना गरिएको हो ।
कार्यक्रम अन्तरगत बुधबार गाउँपालिकाको वडा नम्बर १ को डुडभन्ञ्याङ स्थित वडा कार्यालयमा बिहान १० बजे शिविरको उद्घाटन गरिने छ । सोही समयमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रमको समेत आयोजना गरिने छ ।

एकिकृत घुम्ती शिविरमा जेष्ठ नागरिक परिचय–पत्र वितरण, स्वास्थ्य परिक्षण, व्यवसाय दर्ता तथा नविकरण, सामाजिक सुरक्षा भत्ता वितरण, बायोमेट्रिक रुजु र व्यक्तिगत घटना दर्ता, कृषि तथा पशुपन्छी सम्बन्धी सेवा, राजश्व संकलन र वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने छ ।
शिविरको उद्घाटन गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा अध्यक्षहरु लगायतको उपस्थितीमा गरिने छ ।
एक साता सम्म संचालन हुने शिविरको दोस्रो दिन अर्थात बैशाख ११ गते गोलन्जोर गाउँपालिका २ वितिजोर स्थित वडा कार्यालयमा बिहान १० बजेबाट सुरु हुने छ । उक्त वडामा पनि एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने छ ।
यस्तै तेस्रो दिन अर्थात बैशाख १२ गते वडा नम्बर ३ स्थित ओख्ले सामुदायिक भवनमा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना हुने छ ।
चौथो दिन बैशाख १३ गते शनिवार वडा नम्बर ४ को वडा कार्यालय तिनकन्यामा शिविरको आयोजना गरिने छ । पाँचौ दिन बैशाख १४ गते आइतबार वडा नम्बर ५ को वडा कार्यालय स्थित रतनचुरामा बिहान १० बजेबाट शिविर संचालन हुने गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जानकारी दिनुभयो
यस्तै बैशाख १५ गते सोमबार वडा नम्बर ६ को वडा कार्यालय बाशेश्वर र बैशाख १६ गते मंगलबार वडा नम्बर ७ को वडा कार्यालय भिमेश्वर खुर्कोटमा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने छ ।
एकिकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम प्रत्यक दिन निर्धारीत स्थानमा बिहान १० बजेबाट सुरु हुने र मध्यान्न ४ बजेसम्म स्थानीय सेवाग्राहीले सेवा लिन सकिने उपाध्यक्ष न्यौपानेको भनाई छ ।
उक्त एकिकृत घुम्ती शिविर तथा वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि भई सेवा सुविधाको लाभ लिन गाउँपालिकाले राजनीतिक दल, स्थानीय नागरीक, विभिन्न संघ÷संस्था, शिक्षक तथा विद्यार्थीहरुमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...