Sindhul Dainik

एसिड आक्रमणबाट सिन्धुलीका सुकुरामको मृत्यु

Advertisement

सिन्धुली  । एसिडआक्रमणबाट गम्भिर घाइते भएका सिन्धुलीको तिनपाटन गाउँपालिका ३ कोटगाउँका ४१ वर्षीय सुकुराम दमाईको उपचारको क्रममा मृत्यु भएको छ ।
काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उनको विहान ९ बजेर ३९ मिनेट मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतकका दाजु बुधराम दमाईका अनुसार ज्याला मजदुरीका लागि केही समय अगाडी देखि काभ्रे जिल्लाको रोशी गाउँपालिका बस्दै आएका सुकरामलाई गत चैत्र १७ गते आइतबार बेलुकी करिव साँढे ७ बजे एसिड आक्रमण भएको थियो ।
एसिड आक्रमणबाट ४५ प्रतिसतबढी शरिर जलेका सुकरामको उपचारको करिव एक महिनाको उपचारपछि मृत्यु भएको हो ।
उनिमाथी बेलुकाको समयमा कामबाट फर्की खाना खान बसीरहेको अवस्थामा केही समुहमा आएका व्यक्तिहरुले एक्कासी एसिड आक्रमण गरेका थिए ।
आक्रमणबाट उनको टाउँको, अनुहार, घाँटी, छाति, ढाड, कम्मर, तिघ्रा एवम वायाँ हात सहित शरिरको करिव ४५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
उनीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरि अनुशन्धान समेत थालेको जनाएको छ । उक्त घटनामा घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजीकार्य भईरहेको काभ्रे प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न सवै दोषीहरु उपर कडा भन्दा कडा कानूनी सजाय र जरिवाना हुनपर्ने तथा मृतकको परिवारले उचित क्षतिपूर्ति सहितको न्याय पाउनुपर्ने पिडितका दाजु बुधराम दमाईको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
4
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...