Skip to main content

Sindhul Dainik

एसिड आक्रमणबाट सिन्धुलीका सुकुरामको मृत्यु

Advertisement

सिन्धुली  । एसिडआक्रमणबाट गम्भिर घाइते भएका सिन्धुलीको तिनपाटन गाउँपालिका ३ कोटगाउँका ४१ वर्षीय सुकुराम दमाईको उपचारको क्रममा मृत्यु भएको छ ।
काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उनको विहान ९ बजेर ३९ मिनेट मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतकका दाजु बुधराम दमाईका अनुसार ज्याला मजदुरीका लागि केही समय अगाडी देखि काभ्रे जिल्लाको रोशी गाउँपालिका बस्दै आएका सुकरामलाई गत चैत्र १७ गते आइतबार बेलुकी करिव साँढे ७ बजे एसिड आक्रमण भएको थियो ।
एसिड आक्रमणबाट ४५ प्रतिसतबढी शरिर जलेका सुकरामको उपचारको करिव एक महिनाको उपचारपछि मृत्यु भएको हो ।
उनिमाथी बेलुकाको समयमा कामबाट फर्की खाना खान बसीरहेको अवस्थामा केही समुहमा आएका व्यक्तिहरुले एक्कासी एसिड आक्रमण गरेका थिए ।
आक्रमणबाट उनको टाउँको, अनुहार, घाँटी, छाति, ढाड, कम्मर, तिघ्रा एवम वायाँ हात सहित शरिरको करिव ४५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
उनीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरि अनुशन्धान समेत थालेको जनाएको छ । उक्त घटनामा घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजीकार्य भईरहेको काभ्रे प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न सवै दोषीहरु उपर कडा भन्दा कडा कानूनी सजाय र जरिवाना हुनपर्ने तथा मृतकको परिवारले उचित क्षतिपूर्ति सहितको न्याय पाउनुपर्ने पिडितका दाजु बुधराम दमाईको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
4
+1
1

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...