Sindhul Dainik

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा घ्याङलेख प्रथम

Advertisement

सिन्धुली  । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनको सुचकहरुमा सिन्धुलीको घ्याङलेख गाउँपालिका प्रथम भएको छ ।
सिन्धुली जिल्लाका दुई नगरपालिका सहित नौं वटा पालिकाहरु मध्ये घ्याङलेख गाउँपालिका प्रथम भएको हो ।
उक्त पालिका बागमती प्रदेशका सबै स्थानीय तहहरुको मुल्यांकनमा तेस्रो भएको छ ।
नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सार्वजनिक भएको स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनको सुचकहरुमा ९६ दशमलव ५ प्रतिसत अंक प्राप्त गर्दै घ्याङलेख गाउँपालिका जिल्लामा प्रथम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले जानकारी दिए ।
यो अंक जिल्लाको अन्य पालिकाको तुलनामा सर्वात्कृष्ट हो ।
‘स्थानीय तहले गरेका कार्यहरु तोकिएको समय सिमा भित्र आवश्यक कागजातहरु अपलोड गरि सम्बन्धति जिल्ला समन्वय समितिबाट अन्तिम नतिजा तयार पश्चात गाउँपालिका जिल्लामा प्रथम र प्रदेशमा तेस्रो बन्न सफल भएको हो,’ उनले भने ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरु, निर्वाचित जनप्रतिनीधिहरुको मेहनत र राज्यप्रति उत्तरदायी भएरकाम गर्दा गाउँपालिकालाई यो स्थानसम्म ल्याई पु¥याउनमा सफल भएको उनको भनाई छ ।
आगामी दिनमा पालिकालाई वित्तिय सुशासन जोखिम मुल्यांकनको सूचकहरुमा देशमै प्रथम स्थना हासिल गर्ने गरी काम गर्ने प्याकुरेलको भनाई छ ।
उनले भने, ‘अहिलेको मुल्यांकनले हामीलाई हौसला प्रदान गरेको छ । यसले थप जिम्मेवार पनि बनाएको छ । हामी यस नतिजालाई कायम राख्दै देशैभरका स्थानीय पालिकामध्य उत्कृष्ट पालिकाको रुपमा छनौंट हुनेगरी काम गर्ने छौं । यसका लागि आफु मात्र नभएर सम्पूण कर्मचारी, निर्वाचित जनप्रतिनिधिको साथ र सहयोग आवश्यक पर्दछ ।’
घ्याङलेख गाउँपालिका सिन्धुलीका नौं वटा पालिका मध्ये दुर्गम पालिकाका रुपमा लिइन्छ ।
यसैविच स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनको सुचकहरुमा जिल्लाको सुनकोसी गाउँपालिका दोस्रो भएको छ । उक्त पालिकाले ९४ अंक प्राप्त गरेको छ ।
यस्तै हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ । उक्त पालिकाले ९२ अंक प्राप्त गरेको छ । दुधौली नगरपालिकाले ९१, मरिण गाउँपालिकाले ९० दशमलव ५ अकं, फिक्कल गाउँपालिकाले ८९ दशमलव ५, कमलामाई नगरपालिकाले ८८ दशमलव ५, तिनपाटन गाउँपालिको ८६ दशमलव ५ पाएको छ भने गोलन्जोर गाउँपालिकाले ७१ दशमलव ५ अंक प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...