Sindhul Dainik

गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरमा २ हजार ४ सय बढी सेवा प्रबाह गरिएको छ ।
गाउँपालिकाको १ देखि ७ सम्मकै सबै वडामा आयोजित एकिकृत घुम्ती शिविरमा विभिन्न सातवटा सेवा तर्फ २ हजार ४ सय २० सेवा प्रबाह भएको गाउँपालिकाले जनाएको छ ।
बैशाख १० गते बुधबारबाट सुरु भएको एकिकृत घुम्ती शिविरमा जेष्ठ नागरिक परिचय–पत्र वितरण, स्वास्थ्य परिक्षण, व्यवसाय दर्ता तथा नविकरण, सामाजिक सुरक्षा भत्ता वितरण, बायोमेट्रिक रुजु र व्यक्तिगत घटना दर्ता, कृषि तथा पशुपन्छी सम्बन्धी सेवा, राजश्व संकलन र वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो ।
गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा पहिलो दिन आयोजित शिविरमा स्थानीय २ सय ६१ जनाले सेवा लिएको उक्त गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिए ।
यस्तै वडा नम्बर दुईमा ४ सय ८३, वडा नम्बर ३ मा १ सय ७१, वडा नम्बर ४ मा ५ सय ८७, वडा नम्बर ५ मा ४ सय ८१, वडा नम्बर ६ मा २ सय ६१ र वडा नम्बर ७ मा १ सय ७६ वटा सेवा प्रवाह भएको छ ।
‘जस मध्ये धेरै सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य परिक्षण, बालि तथा पशु उपचार सेवा प्रबाह भएको छ । यस्तै जेष्ठ नागरिक परिचय–पत्र वितरण पनि उल्लेख्य रुपमा भएको छ,’ चौधरीले भने ।

घुम्ती शिविरमा सेवा लिनेहरु प्रायः गरेर जेष्ठ नागरिकहरु रहेका छन् । उक्त सेवा लिन वडा कार्यालय, गाउँपालिका तथा शहरि क्षेत्रमा रहेका बैंकहरुमा पुग्नु पर्ने बाध्यता भएका सर्वसाधरण नागरिकहरुलाई घुम्ती शिविरमा एकिकृत सेवा प्रदान गर्दा निक्कै प्रभावकारी भएको थिए ।
सात दिनसम्म आयोजित शिविरमा गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, गाउँपालिकाको स्वास्थ्य, कृषि, पशु, सामाजिक विकास शाखाका प्रमुख तथा प्रतिनिधिहरुको साथै, खुर्कोट स्थित हिमालय बैंक र ग्वाल्टार स्थित शिद्धार्थ बैंकले सेवा प्रबाह गरेका थिए ।
एकिकृत घुम्ती शिविरसंगै गाउँपालिका तथा वडा कार्यलय अन्तरगत चालु आर्थिक वर्ष २०८१÷०८२ को चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रत्येक वडाका वडा अध्यक्षहरुको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव मार्फत कार्यसम्पादन तथा सेवा प्रबाहका बारेमा सार्वजनिकीकरण गरिएको थियो ।
चालु आर्थिक वर्षमा वडा कार्यालय अन्तरगत संचालन गरेका विकास निर्माणका योजना, उपलब्ध सेवा वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता विषयमा १ सयबढी स्थानीय नागरिक, राजनीतिक दल तथा सेवाग्राहीबाट प्रश्न, जिज्ञासा र सुझाव संकलन गरिएको थियो ।

पालिकाका ७ वटै वडामा सेवाग्राही तथा सरोकारवालाहरुबाट उठेका प्रश्न र जिज्ञासामाथी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा वडा सचिवहरुले जवाफ दिएका थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकरराज बारालले शिविरबाट अशक्त, विपन्न र एकल परिवारले सेवा लिएको बताए । यस्तो कार्यक्रम गाउँपालिकाले आगामी दिनमा समेत निरन्तर संचालन गर्ने उल्लेख गरे ।
यस अघि गाउँपालिकाको वडा स्तरमा सार्वजनिक सुनुवाई तथा यस्ता शिविरहरु नभएको उल्लेख गर्दै गाउँपालिकाले वार्षिक बजेटको व्यवस्थापन गरेर आगामी वर्षबाट चौमारीक रुपमा सेवा प्रबाह गरिने उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जानकारी दिए ।
‘आफुहरुले निर्वाचनका बेला गरेका प्रतिबद्धता अनुसार वडा स्तरमै पालिकाको सेवाहरु प्रबाह गर्ने उद्देश्यले शिविरको आयोजना गरेका छौं, यसलाई आगामी वर्षबाट चौमासिक रुपमा आयोजना गर्नेछौं,’ उनले भने ।

गाउँपालिका तथा वडा कार्यालयले संचालन गरेका विकास निर्माणका योजना, उपलब्ध सेवा वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएको प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरीकवाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्न तथा जिम्मेवार संस्कार बसाउन सार्वजनिक सुनवाई कार्यक्रमको समेत महत्वपूर्ण भुमिका हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौधरीको भनाई छ ।
घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण बडापत्र मिडिया ग्रुपले गरेको थियो ।
एकिकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, सामाजिक संघ÷संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...