Sindhul Dainik

फिक्कल गाउँपालिकाका ५ हजार विद्यार्थीको बैँक खातामा दैनिक दुईरुपैयाँ बचत

Advertisement

ड्ड प्राइम बैंङ्कले एकमुष्ट पाँच लाख जम्मा गर्दै
सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिकाले आफ्नो पालिकाका सबै वडामा अध्ययनरत विद्यार्थीहरुको बैंक खाता खोली दैनिक रकम बचत गराउँने भएको छ । गाउँपालिकाको ६ वटै वडामा अध्ययनरत पाँच हजार विद्यार्थीहरुको बैक खाता खोली पालिकाले दैनिक एक रुपैयाँ र अभिभावकबाट एक रुपैयाँ गरी दैनिक दुई रुपैयाँ रकम जम्मा गर्ने भएको हो ।
पालिकाका ६ वटै वडाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका सबै पाँच हजार बढी विद्यार्थीहरूको बैङ्क खाता खोली दैनिक बचत रकम समेत जम्मा गरिदिने निर्णय भएको उक्त गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिइएन् ।
यसका लागि बुधवार फिक्कल गाउँपालिका र प्राइम कमर्शीयल बैङ्क बिच पालिका भित्र रहेका करिब ५ हजार विद्यार्थीको खाता सञ्चालन गर्ने सम्झौता पत्रमा समेत हस्ताक्षर भएको छ ।
फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र प्राइम कमिर्शीयल बैङ्क लिमिटेड फिक्कल गाउँपालिका शाखाका प्रबन्धक जनकण्ठ श्रेष्ठ बिच भएको समझदारी पत्र अनुसार प्राइम कमर्शियल बैङ्क ले एक पटकको लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत प्रत्येक विद्यार्थीको नाममा एक सय रुपैयाँ जम्मा गर्दै खाता खोलिदिने छ । यो करिव ५ लाख रुपैयाँ हुने छ ।
त्यससंगै फिक्कल गाउँपालिकाले प्रति दिन १ रुपैयाँ र उक्त विद्यार्थीका अभिभावकहरुले प्रत्यक दिन थप १ रुपैयाँका दरले त्रैमासिक रूपमा विद्यार्थीको खातामा रकम जम्मा गरिदिने छन् ।
गाउँपालिका अन्तरगतका सामुदायिक विद्यालयमा अइयनरत विद्यार्थीहरुले विचैमा विद्यालय नछाडुन भन्ने उद्देश्यले प्रोहोत्सान स्वरुप गाउँपालिकाले यस्तो व्यवस्था गर्न लागेको हो ।

उक्त कार्य अन्तरर्गत अभिभावकले चाहेमा आफ्ना बालबालिकाको खातामा थप रकम समेत जम्मा गर्न सक्ने छन् । दैनिक एक रुपैयाँका दरले रकम बचत गर्दा गाउँपालिकाको करिब ५ हजार विद्यार्थीको खातामा वार्षिक १८ लाख २५ हजार जम्मा हुुने छ ।
यस्तो खाता बाल बचत खाता अन्तरगत रहने बताइएको छ । फिक्कल गाउँपालिकाले गाउँ कार्यपालिकाबाट बाल बचत खाता सञ्चालन सम्बन्धी कार्यविधि पास गरेर यस्तो कार्यक्रम अघि सारेको हो ।
यस्तो बचत गर्ने विद्यार्थीहरुलाई बैङ्कले प्रदान गर्ने अधिकतम व्याज दिने समझदारी भएको छ ।
यो अभियान प्रभावकारी भए आगामी दश वर्ष भित्र पालिका अन्तरगत रहेका विद्यालयका पाँच हजार बालबालिकाको नाममा कुल १ करोड ८२ लाख ५० हजार रुपैयाँ जम्मा हुने छ । यस्तो बचत रकम बालबालिका बालिक भएपछि मात्र झिक्न मिल्ने कार्यविधि बनाइएको गाउँपालिकाकी अध्यक्ष सुनुवारको भनाई रहेको छ ।
‘गाउँपालिकाका विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनमा हुने आर्थिक सङ्कट निवारण गर्न र बालबालिकाहरूमा फजुल खर्च घटाई बचत गर्ने बानीको विकास गर्न तथा वित्तीय साक्षरता बढाउन यस्तो बैङ्क खाताको अवधारणा ल्याइएको हो,’ अध्यक्ष सुनुवारलले भनिन् ।
उनले यस्तो खाताको प्रभावकारिता, कार्यविधिले निर्दिष्ट गरेका उद्देश्य हासिल भए नभएको लगायतका विषयमा निरन्तर अनुगमन र मूल्याङ्कन गरि आगामी गाउँसभाबाट दैनिक जम्मा गरिने रकमलाई थपन गर्न सकिने समेत बताईन् ।
यसका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, बैङ्क प्रतिनिधि, पालिकाको महिला बालबालिका शाखा प्रमुख, शिक्षा शाखा प्रमुख पालिका भित्रका विद्यालयका प्रधानाध्यापक मध्यबाट एक जना प्रतिनिधि रहने गरी ९ सदस्यीय अनुगमन समिति समेत बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...