Skip to main content

Sindhul Dainik

कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक

Advertisement

सिन्धुली । सिन्धुलीका कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतले दार्शनिक रुपमा आत्म–पहिचानको खोज, जीवनको कठोरता, र आशा–निराशाबीचको संघर्ष प्रस्तुत गरेको छ ।
उक्त गितमा कवि तथा गीतकारले जीवनलाई यथार्थ रूपमा चित्रण गरेका छन्, जहाँ निरन्तर संघर्ष हुन्छ, त्यहाँ जिवनमा केही पाउने आशा हुन्छ भन्ने यतार्थलाई गित र संगितमा वर्णन गरिएको छ । यथार्थपरक दार्शनिक भाव समेटिएको गीतमा बाबुराम श्रेष्ठ यात्रीको शब्द, राजु सिंहको सङ्गीत गायक रामकृष्ण ढकालको स्वर र फनिन्द्र राइको एरेञ्ज रहेको छ ।
पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङको रेकर्डिङ र सुमन खड्काको गीतमा मिक्सिङ रहेको छ । यसको म्युजिक भिडियो अनिल स्थापितले बनाएका छन् ।
सिन्धुलीको मरिण गाउँपालिका ७ स्थित मावि कपिलाकोट तथा मरिण बुहमुखी क्याम्पसका अध्यापक कवि तथा गीतकार श्रेष्ठले यो भन्दा पहिले पनि गीतकार तथा कवि श्रेष्ठले ‘जिवन’, ‘तिम्रो मीठो मुस्कान’, ‘तमासाको खेल’ र ‘माया कहिले मर्दैन’ जस्ता गीत दर्शक र श्रोता माझ पस्की सकेका छन् ।
भर्खरै सार्वजनिक नयाँ गीत म्युजिक नेपाल अन्तरगत नेपाली आधुनिक गित युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
कवि तथा गीतकार श्रेष्ठले यस अघि २०६३ मा ‘देश स्वप्न’ र २०७८ मा ‘बुढो समय’ भन्ने कविता संग्रह प्रकाशन गरि सकेका छन् ।
पछिल्लो समय दर्शक तथा स्रोता माझ ल्याउनु भएको ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत निक्कै मनपाइएको छ । उक्त गितको शब्द तथा सुमधुर संगीतले श्रोताहरुको मनछुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...