Skip to main content

Sindhul Dainik

सिन्धुलीमा कानून दिवस मनाईयो सिन्धुली ।

Advertisement

सिन्धुली । ७३ औं कानून दिवस आज सिन्धुलीमा पनि एक कार्यक्रमबिच मनाइएको छ ।

जिल्ला अदालत सिन्धुलीको सभा हलमा आयोजित उक्त दिवसमा कार्यक्रमका अध्यक्ष माननीय जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तले न्याय सम्पादनको शिलशिलामा सबैलाई छिटोछरितो र सर्वसुलभ न्याय प्रदान गर्नु आजको मूख्य आवश्यकता रहेको औल्याउनुभयो । कानूनी काम कार्बाहीहरु पारदर्शी र स्वतन्त्र हुनुपर्नेमा जोड दिदै उहाँले जनतालाई सन्तुष्ट बनाउनुपर्ने बताउनुभयो । कतिपय सन्दर्भमा कार्यपालिका र व्यवस्थापिकालाई समेत सहि ट्र्याकमा ल्याएर न्यायपालिकाले सहि दिशानिर्देश गर्ने भूमिका समेत निर्बाहा गरेको पनि उहाँले बताउनुभयो ।

कानून दिवसको अवसरमा जिल्ला न्यायधिवक्ता निमा घिमिरे, नेपाल वार एशोसियशन सिन्धुलीका अध्यक्ष मोहन थापा, जिल्ला श्रेस्तेदार बिदुर कोईराला, अधिबक्ता बिश्वम्भर लामिछाने, अधिकृत डेढकुमार ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका कानून व्यवसायिहरु, न्याय प्रशासनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

न्यायपालिका प्रतिको जनबिश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायीक सुशासनको प्रबर्द्धनमा जोड दिन आज देशभर कानून दिवस मनाईदै छ ।

कानून र न्यायको क्षेत्रमा चासो राख्नेहरुका लागि आजको दिन बिशेष दिन हो । बि.स. २००७ सालमा प्रजातन्त्र स्थापना पश्चात् २००८ सालमा प्रधान न्यायलय ऐन जारी भई २००९ साल बैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानून दिवसको रुपमा मनाउन प्रारम्भ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...