Sindhul Dainik

सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन

Advertisement

सिन्धुली । सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको शनिबार सम्पन्न ८ औं साधारण सभाबाट अध्यक्षमा युवराज श्रेष्ठलाई चयन चयन गरिएको हो । राजन कुमार श्रेष्ठको अध्यक्षता तथा नेवा देय दवुका अध्यक्ष पवित्रमान बज्रचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बाट युवराज श्रेष्ठको अध्यक्षतामा १५ जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
त्यस्तै सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको वरिष्ठ उपाध्यक्षमा हरिकृष्ण श्रेष्ठ, उपाध्यक्षमा ललित बहादुर श्रेष्ठ, निर्मला श्रेष्ठ, सचिवमा उज्जवल श्रेष्ठ, कोषाध्यक्षमा वासुदेव श्रेष्ठ, सह सचिवमा सुरेशमान श्रेष्ठ र डा। नवराज श्रेष्ठ सहित अन्य सदस्यमा चयन हुनुभएको छ ।
अध्यक्षमा चयन हुनुभएको युवराज श्रेष्ठ सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा जन्मनुभई हाल काठमाण्डौमा बसेर बिभिन्न ब्यवसायहरु संचालन गर्दै आउनुभएको छ । उहाँ होटल संघ नेपाल (हान) को कोषाध्यक्ष समेत रहनुभएको छ ।
सिन्धुली श्रेष्ठ समाज काठमाण्डौले श्रेष्ठ बन्दुधरुहलाई समेट्ने, सिन्धुली जिल्ला घर भइ काठमाण्डौमा पढ्दै आएकाहरुलाई समस्या पर्दा सहयोग गर्दै आइरहेको छ । त्यस्तै आखाँ शिविर, रंक्तदान कार्यक्रम गर्नुका साथै नेवार सांस्कृत जोगाउन बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...