सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा मौषमी तथा बेमौषमी तरकारी खेती तालिमको आयोजना गरिएको छ ।
गोलन्जोर गाउँपालिकाको सहयोग तथा महाभारत कृषक सहकारी संस्थाको आयोजनामा स्थानीय कृषकहरुलाई तालिम प्रदान गरिएको हो ।
तालिम समापनको अवसरमा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले निरिक्षण समेत गर्नु भएको छ । सो अवसरमा तालिम प्राप्त कृषकहरुलाई विभिन्न जातको मौषमी तथा बेमौषमी तरकारीका विउ तथा विजन लगायतका कृषि सामाग्री समेत प्रदान गरीएको छ ।
कार्यक्रममा गोलन्जोर गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्द लुंगेली लगायतका गाउँपालिकाका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।





