Sindhul Dainik

सिन्धुलीको मरिणलाई ‘उत्कृष्ट गाउँपालिका पुरस्कार’

Advertisement

सिन्धुली  । सिन्धुलीको मरिण गाउँपालिका प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पिएएन) उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ बाट सम्मानीत भएको छ ।
प्रिन्सिपल्स एसोसिएसन अफ नेपालले प्रत्यक वर्ष प्रदान गर्ने ‘वर्षको उत्कृष्ट गाउँपालिका पुरस्कार’ अन्तरगत यस वर्ष सिन्धुलीको मरिण गाउँपालिकालाई प्रदान गरिएको हो ।
शुक्रबार पोखराको सभा गृहमा आयोजित पानको दोस्रो राष्ट्रिय सम्मेलनमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) लाई उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ प्रदान गरिएको हो ।
प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदाम प्रसाद गौतमका अनुसार देशभरका गाउँपालिकाहरुको मुल्यांकनमा मरिण गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा छनौट भएको थियो ।
प्राद्यापक डाक्टर विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मुल्यांकन समितिले विभिन्न २५ वटा शैक्षिक मापदण्डका सूचकहरुका आधारमा गरेको मुल्यांकनमा मरिण गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकामा छनौंट भएको थियो ।
‘शिक्षा क्षेत्रको परिवर्तनका लागि देखाएको उत्कृष्ट नेतृत्व क्षेमता, दृढ प्रतिबद्धता र नवीन पहलकदमी लगायतका २५ वटा सूचक मुल्यांकनमा मरिण गाउँपालिका उत्कृष्ट पालिकाका रुपमा चयन भए हो,’ अध्यक्ष गौतमले भने ।
पानले पालिकाका अध्यक्ष मोक्तानलाई सम्मान गर्दै उत्कृष्ट गाउँपालिका पुरस्कार सहितको प्रमाणपत्र प्रदान गरिएको थियो ।
मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले उक्त पुरस्कार गाउँपालिकाले पाउँनु अत्यन्तै गौरवको महसुस भएको बताए ।
उनले भने, ‘यस्तो पुरस्कारले आफुहरुमा थप काम गर्ने हौसला मिलेको छ । यो पुरस्कार पाउनुमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, व्यवस्थापन समिति सबैको उत्तिकै भूमिका रहेको छ । सबैको निरन्तर प्रयासले समग्र मरिणको शिक्षा क्षेत्रमा परिवर्तन सम्भव भएको हो ।’
मरिण गाउँपालिकाले शैक्षिक सुधारका लागि नितिगत निर्णय, दिर्घकालिन योजना, भौतिकपूर्वाधारको विकास, विद्यालय तथा शिक्षक दरबन्दी मिलान, स्मार्ट प्रविधिको प्रयोग, शिक्षक कर्मचारीहरुलाई तालिम तथा शिक्षक अभिभावकविचको सहकार्यका साथै परिक्षा र मुल्यांकनमा विशेषा पहल गर्दै आएको छ ।
विद्यालय शिक्षा सुधारका लागि दश वर्षे शिक्षा योजना बनाएर काम गर्दै आएको गाउँपालिकाले स्थानीय भाषामा पाठ्यक्रम, अनिवार्य, निशुल्क तथा समावेशी शिक्षा कार्यान्वयन गर्दै आएको छ ।
विद्यालयमा विद्यार्थीहरु टिकाइरहन छात्रवृत्ति, आवासिय विद्यालय, बस सेवाका साथै कक्षा ११ र १२ मा अध्ययनरत सबै छात्रालाई निशुल्क साइकल वितरण, स्नातक तह उतिर्ण अबिवाहित किशोरीलाई एक लाख पुरस्कार प्रदान गर्दै आएको छ ।
बिबाह गर्दा स्थानीय तहको अनिवार्य सिफारीस लिनुपर्ने व्यवस्था छ । जसले बाल बिबाह न्युनिकरणका लागि मद्धत पु¥याएको छ । जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमानै पढाउनु पर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय उच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको छ ।
गाउँपालिकामा आफ्नै स्रोतबाट शिक्षा सहजकर्ता, वडामा अभिभावक सहजकर्ता, समुदायमा आधारित बाल विकास केन्द्र स्थापना, बाल विकास केन्द्र नभएको स्थानमा १९ वटा दरबन्दीको व्यवस्था, मावि तहसम्म थप २९ वटा पालिका दरबन्दीको व्यवस्थापन गरेर पठनपाठनमा सहयोग गर्दै आएको छ ।
पालिकाका प्राय विद्यालयहरुमा स्मार्ट प्रविधिको जडान गरिएको छ । आइसिटीको प्रयोगले विद्यालयमा शिक्षण सिकाई प्रभावकारी बन्दै गएको छ ।
गाउँपालिकाले तामाङ भाषाका साथै स्थानीय पाठ्यक्रम समेत तयार पारेर पठनपाठन गराउँदै आएको छ । कोभिड १९ को संक्रमणका बेला स्थानीय रेडियो मार्फत दुर शिक्षा संचालन गरेर जिल्लामै नमुना काम गरेको थियो । विद्यालयमा कार्यरत शिक्षिका सुत्केरी हुँदा प्रसुतीशिक्षक बैकल्पीक व्यवस्था समेत गर्दै आएको छ । विद्यालयमा जुनियर रेडक्रस तथा स्काउट तालिम र स्काउट गठन मरिणको अर्को विशेषता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...