Sindhul Dainik

मावि मरिण खयरसालमा निर्वाचनबाट ‘क्याप्टेन’ छनौट, मैनाली निर्वाचत

Advertisement

सिन्धुली । नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्न प्राय चुनाव हुने गर्दछ । राजनीतिक पार्टी तथा भातृ सँगठनको नेतृत्व छनौट लोकतान्त्रीक पद्धती अनुसार निर्वाचन बाट गरिँदै आएको छ ।
तर, सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको मावि मरिण खयरसालले क्याप्टेन (प्रमुख) सहायक क्याप्टेन (उपप्रमुख) को छनौट निर्वाचन मार्फत गराएको छ ।
विद्यालयमा केही समयदेखि रिक्त रहेको क्याप्टेन र सहायक क्याप्टेन पदमा विद्यार्थीहरुले शुक्रबार मतदान गरेर छनौट गरेको विद्यालयले जनाएको छ ।

शिक्षण सिकाइ क्रियाकलापलाई समेत सहज हुने गरी विद्यालयले मरिण गाउँपालिकाको शिक्षा शाखासंग सहयोग लिई निर्वाचन प्रकृयाबाट एक वर्षका लागि क्याप्टेन र सहायक क्याप्टेन छनौट गरेका हुन् ।
विद्यालयका कक्षा ६ देखि ११ सम्मका २ सय ३७ विद्यार्थीले मतदान गरेर आफ्नो विद्यालयमा क्याप्टेन र सहायक क्याप्टेनको छनौट गरेका विद्यालयका प्रद्यानाध्यापक मानध्वज बम्जनले जानकारी दिए ।

विद्यालयको क्याप्टेनका लागि ६ जना र सहायक क्याप्टेनका लागि ६ जना गरी १२ जनाको उमेद्वारी परेको थियो । उनिहरु मध्ये उत्कृष्ट १ सय २२ मत सहित कक्षा १० की छात्रा पुष्पा मैनाली क्याप्टेनमा निर्वाचित भएकी छिन् । उनको निकटतम प्रतिस्पर्धी अजय बम्जनले ७१ मत पाएका थिए ।
यस्तै सहायक क्पाटेनमा कक्षा १० का छात्र लासाङ घलान निर्वाचित भएका छन् । उनले १ सय १६ मत पाए भने उनका निकटतम प्रतिस्पधी सौरभ कार्कीले ८६ मत प्राप्त गरे ।

विद्यालयले हाउस क्याप्टेन समेतको छनौट गरेको छ । विद्यालयमा सहमतिबाटै क्याप्टेन र सहायक क्याप्टेन छनौट प्रयास गरिएको भएपनि आकांक्षीहरु धेरै भएको र विद्यार्थीले नै लोकतान्त्रीक पद्धती अपनाउन आग्रह गरेपछि निर्वाचन प्रकृयाद्धारा छनौंट गरिएको सो निर्वाचनको मतदान अधिकृत समेत रहेका प्रद्यानाध्यापक बम्जनको भनाई छ ।

कुल खसेको मत मध्ये सबै भन्दा बढी मत ल्याउने उमेदवार विद्यार्थीलाई निर्वाचित घोषीत गरिएको सहकाय निर्वाचन अधिकृत तथा शिक्षक गिता घिमिरेको भनाई छ । निर्वाचनमा खसेको २ सय ३७ मत मध्ये १० मत बदर भएको थियो ।
विद्यार्थीहरुमा प्रजातान्त्रिक व्यवस्था अनुसार आफुले चाहेको लिडर कसरी छान्ने भन्नेकुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टिकाराम स्याङ्तानले जानकारी दिए । ‘विद्यार्थीलाई सानैदेखि कस्तो व्यक्ति छान्ने भन्ने ज्ञान होस र कसरी अनुशासित र अब्बल नेतृत्व छान्न सकिन्छ भन्ने जान्नका लागि निर्वाचनले मद्धत गर्ने छ भने यस्ता कृयाकलापले राष्ट्रिय स्तरका निर्वाचनमा समेत सही नेतृत्व छान्न सहयोग पुग्ने अपेच्छा लिइएकोछौं,’ अध्यक्ष स्याङ्तानले भने ।
सबै निर्वाचित विद्यार्थीहरुलाई उनीहरुको जिम्मेवारी तथा प्रमाण पत्र एक औपचारिक कार्यक्रममार्पmत उपलब्ध गराइने बताइएको छ । मावि मरिण खयरसाल मरिण गाउँपालिकाकै उत्कृष्ट विद्यालयका रुपमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...