सिन्धुलीमाढी । सिन्धुली जिल्लामा पहिलो पटक दुरविनको सहायताले पाठेघर भन्दा बाहिर बच्चा (अक्टोपिक गर्भावस्था) बसेको महिलाको सल्यक्रिया गरी उपचार गरिएको छ ।
जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पतालले कमलामाई नगरपालिका निवासी मन्दिरा अधिकारीको उक्त प्रविधि प्रयोग गरी आईतबार उपचार गरेको हो । उहाँको पाठेघर भन्दा बाहिर ‘ट्युव’ मा बसेको छ हप्ताको गर्भको उपचार दुरविनको सहयाताले गरिएको सल्यक्रिया सफल भएको उक्त सल्यक्रियामा संलग्न चिकित्सक(गाईनोलोजिष्ट) सरोज यादबले जानकारी दिनुभयो ।
‘भर्खरै विवाह भएकी ति महिला पेट दुःखेर अत्याधिक रक्तस्राब भई उपचारका लागि आउनु भएको रहेछ,’ चिकित्सक यादबले भन्नुभयो, ‘ट्युव फुटेर पेट भरि रगत जमेको अवस्था थियो । उक्त प्रविधिबाट फुटेको साईडको टुयुव काट्यौ । त्यहाँ डे«न हालेर निको पा¥यौ ।’
अस्पतालमा कार्यरत बिषेशज्ञ चिकित्सकहरु शसिशेषर अधिकारी, दिन्जुल कटुवाल, प्रेरित देवकोटा लगायतको टिमले उक्त सल्यक्रिया सफल पारेको चिकित्सक यादबले सुनाउनुभयो । ‘यो ज्यानै जाने समस्या हो,’ उहाँले भन्नुभयो, ‘ट्युबमा बसेको बच्चा(गर्भ) बढीमा १० हप्ता भन्दा बढी जान सक्दैन । यो गर्भवति महिलाको ज्यान नै जान सक्ने समस्या हो ।’
उहाँका अनुसार सल्यक्रिया गरिएको महिलाको अहिले स्वास्थ्यमा सुधार हुदै गएको छ । यो प्रविधिले उपचार गर्दा बिरामी धेरै दिन अस्पताल बस्नु नपर्ने, दुःखाई कम हुने, थोरै खर्चिलो लगायतको फाईदा रहेको छ । सिन्धुली अस्पतालमा यसअघि ल्याप्रोस्कोपी (शरिर चिरेर) सेवाबाट उपचार हुदै आएकोमा जिल्लाको लागि नयाँ प्रविधि दुरविनको प्रयोग गरी उपचार सुरु भएको छ ।
जिल्लाकै एक मात्र ठूलो सरकारी स्वास्थ्य संस्था सिन्धुली अस्पताललाई एक बर्षअघि ५० शैथ्याबाट बिस्तार गरी एक सय शैथ्या पु¥याएर प्रादेशिक अस्पताल बनाईएपछि बिषेशज्ञ चिकित्सक सहित आईसियु, सिटीस्क्यान लगायतका नयाँ सुविधा र प्रविधि थपिदै गएको अस्पताल विकास समितिले जनाएको छ ।




