सिन्धुली । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पिएएन) उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ बाट सम्मानीत भएपछि सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) लाई मरिण गाउँपालिका ४ मा रहेको मावि मरिण खयरसाल विद्यालयले समेत सम्मान गरेको छ ।
मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष मोक्तानलाई सम्मान गरिएको हो ।
प्रिन्सिपल्स एसोसिएसन अफ नेपालले प्रत्यक वर्ष प्रदान गर्ने ‘वर्षको उत्कृष्ट गाउँपालिका पुरस्कार’ अन्तरगत यस वर्ष सिन्धुलीको मरिण गाउँपालिकालाई प्रदान गरिएको थियो ।
मरिण गाउँपालिका शिक्षाका क्षेत्रमा बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका बन्दै गर्दा समग्र मरिणका विद्यालय र शिक्षाका क्षेत्रमा काम गर्ने संस्थाहरुको समेत उच्च शिर भएको उल्लेख गर्दै विद्यालयको तर्फबाट अध्यक्ष मोक्तानलाई सम्मान गरिएको विद्यालयका सहायक प्रद्यानाध्यापक लवाङ दोर्जे थिङले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम स्याङ्तानले गाउँपालिका अध्यक्ष मोक्तानलाई सम्मान गर्नु भएको हो ।
अध्यक्ष मोक्तानलाई सम्मान गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्याङ्तानले मरिणको शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले गरेको योजना, कार्यान्वयन र उपलब्धी नै सम्मानको अधार भएको बताउँनु भयो ।
खोजेर भन्दापन िकर्म गरेर पाइने सम्मान सदा टिकाउ हुने भन्दै अध्यक्ष स्याङ्तानले आगामी दिनमा पनि भावि कार्ययोजना र रणनितिमा गाउँपालिका संधै अब्बल रहिरहोस भन्ने कामना गर्नु भयो ।
उहाँले मावि मरिण खयरशालको विद्यालयको भौतिक पूर्वाधार शैक्षिक गतिविधिमा आगामी वर्षको बजेट र योजनामा प्राथमिकताका साथ राखेर सहयोग गरिदिनु हुन समेत अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रममा सम्ममान ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष मोक्तानले गाउँपालिकाले पाएको सममान समग्र पालिकाका कर्मचारी, जनप्रतिनिधि, विद्यालयका शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरुको चासो, मेहनत र योजनाले प्राप्त गरेको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले आगामी दिनमा समेत पालिकाको शिक्षा क्षेत्रको समग्र विकासका लागि आफुहरु संधैब सक्रियताका साथ काम गर्ने उल्लेख गर्दै मावि मरिण खयरसालको शैक्षिक विकासमा महत्वपूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, वडा नम्बर ४ का अध्यक्ष जित बहादुर काल्तान, शिक्षा सहजकर्ता दिपक मैनाली लगायत विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावकको उपस्थिती रहेको थियो ।




