Sindhul Dainik

गोलन्जोर गाउँपालिकालाई कुपोषण मुक्त बनाउन ‘पोषण बहस’ सुरु

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकालाई कुपोषण मुक्त बनाउन ‘पोषण बहस’ सुरु गरिएको छ ।
आगामी वर्ष भित्र गाउँपालिकालाई नै कुपोषण मुक्त पालिका घोषणा गर्न गोलन्जोर गाउँपालिकामा मंगलरबार सरोकारवालाहरुविच पोषण बहस सुरु गरिएको हो ।
सिन्धुलीको गोलन्जोर गाउपालिकामा सिन्धुली एकीकृत बिकास सेवा (सिड्स नेपाल) सिन्धुली र वल्ड भिजन नेपालको साझेदारीमा नेपालको संविधानको मौलिक हकको रुपमा रहेको खाद्य सम्प्रभुताको अधिकारलाई सुनिश्चित गर्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता, दिगो विकासको लक्ष्य २०३०, वृद्धिको लागि पोपण २०२१, सयुक्त राष्ट्रसघीय खाय प्रणाली शिखर सम्मेलन २०२१, बहुक्षेत्रीय पोषण योजना (२०८०÷०८१–०८७÷०८८) तेस्रोले दिएको पोषणको अधिकार प्राप्त गर्दै, गोलन्जोर गाउँपालिकालाई कुपोषण तथा भोकमरीलाई अन्त्य गरी बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन लागू गर्न जिल्ला समन्वय समिति, गोलन्जोर गाउँपालिका, वल्र्ड भिजन इन्टरनेसनल नेपाल, सिड्स नेपाल, रिलिफ नेपाल संस्थाका प्रतिनिधिहरु तथा समुदायका प्रतिनिधिहरुले सामुहिक रुपमा प्रतिबद्धता जनाउँनु भएको हो ।

कार्यक्रममा कुनैपनि बालबालिकाले पोषणको अधिकारबाट बञ्चित नहुनको लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा नेपाल सरकारले गरेका प्रतिवद्धता, दिगो विकासको लक्ष्य २०३०, वृद्धिको लागि पोषण २०२१, संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलन २०२१, बहुक्षेत्रीय पोषण योजना (२०८०÷०८१–०८७÷०८८) तेस्रोले लिएको लक्ष्यलाई पुरा गर्न, विद्यालय क्षेत्रभित्र अखाद्य बस्तु, जक फुड को अन्त्य गरी स्थानीय खाद्य वस्तुलाई प्राथमिकता राखी विद्यालयमा दिवा खाजा कार्यक्रमको गुणस्तर वृद्धि गरी सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरी अनुगमनलाई प्रभावकारी बनाउन, पोषण सुधारको क्षेत्रमा पोषण संवेदनशील असल व्यवहार रुपान्तरणको लागि प्रदेश सरकार तथा स्थानीय तहवीच समन्वात्मक भुमिका प्रभावकारी बनाई पोषणमैत्री स्वास्थ्य संस्थाहरु तथा स्थानीय तह घोषणा गर्न,बालबालिकाको शारीरिक वृद्धि, मानसिक विकास तथा स्वस्थ जीवनको लागि पोषण शिक्षालाई सञ्चार माध्यममा प्रचारप्रसार गर्न, अभिभावक शिक्षा लागू गर्न, जलवायु अनुकुलन खाद्य उत्पदान, रैथाने बालीको उत्पादन गर्न तथ सुनौलो हजार दिन सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा सन्चालन गर्ने, पोषणको कमीले हुने रक्तअलपत्ता, पुड्कोपन, शारीरिक दुर्बलता र भविष्यमा हुने दिर्घरोगको रोगथामका लागि बालवालिका, किशोरकिशोरी, गर्भवती र सुत्केरीलाई पोषण सम्बन्धी कार्यक्रम अनिवार्य सुनिश्चित गर्न,बालमृत्युदर तथा कुपोषण अन्त्यको लागि प्रदेश सरकार तथा स्थानीय तह साथै सरोकारवालाहरुले सचेतनामुलक कार्यक्रमलाई प्रभावकारीरुपमा सन्चालन गर्न, स्वस्थ, समृद्ध, बौद्धिक र सभ्य समाज निर्माणको लागि पोषणमैत्री नेपाल बनाउन समन्वय र सहकार्य गर्न, जस्ता विभिन्न प्रतिबद्धता राखेका छन ।

कार्यक्रममा गाउपालिका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल, जिल्ला समन्वय समितिका प्रतिनिधि, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि गुजेश्वरी श्रेष्ठ, वल्ड भिजन नेपालका धना लामा, सिड्न नेपालका उपाध्यक्ष कृष्णहरी थापा, सागर धिताल, जगत कुमारी अधिकारी, रिलिफ नेपालका दुर्गाराज पौडेल, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयमसेविकाहरु, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...