Sindhul Dainik

फिक्कलका तिनवटा वडाका स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा

Advertisement

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ५ को स्वास्थ्य चौकी सोल्पाठानालाई एक कार्यक्रमका विच घोषणा गरिएसंगै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
शुक्रबार गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको प्रमुख आतिथ्यता, उपाध्यक्ष राजु बरालको विशिष्ठ आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको हो ।
फिक्कल गाउँपालिकाको २, ३ का दुईवटा स्वास्थ्य संस्था र तिनपाटन गाउँपालिका १० को स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । तिनपाटन १० को स्वास्थ्य चौकी बागमती प्रदेशकै पहिलो पोषणमैत्री स्वास्थ्य चौकी हो ।

शुक्रबार फिक्कल गाउँपालिका ५ को स्वास्थ्य चौकी सोल्पाठानालाई एक कार्यक्रमका विच घोषणा गरिएसंगै पोषणमैत्री स्वास्थ्य संस्थाको संख्या चार पुगेको हो ।
सरकारले सन २०३० भित्र नेपाललाई कुपोषण मुक्त राष्ट्र घोषणा गर्ने गरी दिगो विकास लक्ष्य तय गरेको छ ।
बिहिबारमात्र फिक्कल गाउँपालिका २ को स्वास्थ्य चौकी सुम्नामा पोखरी र वडा नम्बर ३ को फिक्कल अस्पतालालई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगरले जानकारी दिए ।

फिक्कल गाउँपालिका, सिन्धुली एकिकृत विकास सेवा (सिड्स नेपाल) सिन्धुली, रिलिफ नेपाल र वल्ड भिजनसंगको सहकार्यमा पालिकाका तिन वटा स्वास्थ्य संस्थालाई यस्तो घोषणा गरिएको मगरको भनाई छ ।
फिक्कल अस्पताल गाउँपालिकाद्धारा संचालित १० बेडको अस्पताल हो । ‘गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार, उपाध्यक्ष राजु बराल, वडाअध्यक्षहरु, महिला स्वायमेविका, कर्मचारी, विद्यालयका प्रद्यानाध्यापकहरु, सहयोग संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा आयोजित भव्य कार्यक्रमका विच तिनवटै वडाका स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिएको हो,’ उनले भने ।

सरकारको दिगो विकास लक्ष्य अनुसार गाउँपालिकाले पनि विभिन्न सूचकहरु पुरा गर्दै स्वास्थ्यसंस्थाहरुलाई पोषणमैत्री घोषणा गर्न थालेको गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको भनाई छ ।
सन् २०३० भित्र नेपाललाई कुपोषण मुक्त राष्ट्र घोषणा गर्न सरकारले लिएको दिगो विकास लक्ष्य २०३० का १७ वटा लक्ष्य मध्य १२ वटा लक्ष्यमा पोषण सम्बन्धी सूचकहरु समावेश गरिएको छ ।
पालिकालाई कुपोषण मुक्त गर्न यि संगै ४९ वटा सूचकहरु पुरा गर्नुपर्दछ । ति मध्ये १६ वटा सूचकहरु पुरा गरेपछि स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्थाको रुपमा घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष राजु बरालको भनाई छ ।
‘अब छिट्टै गाउँपालिकाका तिनवटै वडालाई कुपोषण मुक्त र बालमैत्री पालिका घोषणा गर्दै पालिकालाई नै पोषणमैत्री घोषणा गर्ने गरी काम गरिरहेका छौं,’ उनले भने ।

राष्ट्रिय पोषण नीति तथा रणनीति अनुसार स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, कृषि तथा पशुपंक्षी विकास, महिला तथा बालबालिकाहरुको क्षेत्रमा योजनाबद्ध कार्यहरु गरेर सबै सूचकहरु पुरा गरेर पालिकालाई कुपोषण मुक्त बनाउने गरीने सिड्स नेपालका अध्यक्ष दिपक घिमिरेको भनाई छ ।
यसका लागि पालिकामा सुनौंलो हजार दिन कार्यक्रम, आमा समुह गठन तथा सचेतना, बाल क्लव गठन, किशोरी समुह गठन, पोषण युक्त आहारका लागि तरकारी तथा फलफुल खेती, कुखुरा तथा पशुपालन लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
फिक्कल गाउँपालिका २ का वडाअध्यक्ष शंकर बहादुर भण्डारी, वडा नम्बर ३ का कार्यबहाक अध्यक्ष ज्ञानेन्द्र तामाङ, वडा नम्बर ५ का अध्यक्ष बैकुण्ठलाल पहाडीको अध्यक्षतमा भएको छुट्टाछुट्टै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष राजु बराल, प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगर, वडा नम्बर ४ का वडा अध्यक्ष मोहन मगर, सहयोग संस्थाहरु सिड्स नेपालका अध्यक्ष दिपक घिमिरे, वल्ड भिजन नेपाल सिन्धुली प्रमुख धन लामा, रिलिफ नेपालका अध्यक्ष दुर्गा पौडेल, तिनवटै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला स्वयमसेविकाहरु, विद्यालयका प्रअ लगायतले पोषणमैत्री संस्था घोषणासंगै दिगोपनका लागि प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि योगदान पु¥याउने सहयोग संस्था, स्वास्थ्य स्वयमसेविका तथा चिकित्सकहरुलाई सम्मान तथा प्रसंशा पत्रसमेत प्रदान गरिएको छ ।
यसैविच शुक्रबार नै फिक्कल गाउँपालिका ५ लाई बालमैत्री वडा घोषणा गरिएको एक वर्ष पुरा भएको खुसीयालीमा त्यसको दिगोपनका लागि समेत विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...