Skip to main content

Sindhul Dainik

स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीलाई सुनकोसीमा सम्मान

Advertisement

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीलाई सम्मान तथा छात्रावृत्ति वितरण गरिएको छ ।
विचैमा पढाई छाड्दै बिवाह गर्नेहरुको संख्या बढ्दै गएपछि स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीहरुलाई प्रोत्सहान स्वरुप सम्मान गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाका १५ जना अबिबाहित छोरीहरुलाई सम्मान गरिएको हो ।
उनिहरुलाई गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले आइतबार एक कार्यक्रमका विच सम्मान गर्नुभएको हो ।
उनिहरुलाई जनही १८ हजार रुपैयाँ नगद सहित दोसल्लाह ओढाएर सम्मान गरिएको हो ।
‘गाउँपालिका भित्र बसोबास गर्ने र पालिका भित्रै स्नाकोत्तर अध्ययनरत छोरीहरुलाई सम्मान गर्दा अन्य किशोरीहरुमा समेत उच्च शिक्षा अध्ययनगर्ने हौसला प्रदान गर्न गाउँपालिकाले छात्रावृत्ति स्वरुप सम्मान गरेको हो,’ प्रमुख प्रशासकीय अधिकृत दर्जीले भन्नुभयो ।
स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीहरुलाई यस्तो सम्मान गर्दा बालबिबाह न्यूनिकरण, उच्चशिक्षामा महिलाको पहुँच पुग्ने र आफु सक्षम भएर बिबाह गर्न सकुन भन्ने उद्देश्यले गाउँपालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको भनाई छ ।
आगामी वर्ष गाउँपालिकाले स्नाकोत्तर पढ्ने छोरी बुहारी दुबैलाई सम्मान गर्ने कार्यक्रम ल्याउने समेत अध्यक्ष दाहालको भनाई छ ।
यसरी सम्मान गरिएका छोरीहरुको रेकर्ड राख्ने, इन्टर्नमा जागिर खुवाउने र उनिहरुलाई उच्चशिक्षा हाँसिल गर्न जोड दिने बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कपिल कुमार कोइराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, ७ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...