Sindhul Dainik

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

Advertisement

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ ।
अस्ट्रेलियाका समाजसेवी दाहालले आगामी २०२५ मा अस्ट्रेलियामा हुने आइसिसी निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेको जनाउँनु भएको छ ।
‘सहानुभूति, सहभागिता र सेवा’ को मूल भावना बोकेर आफूले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो ।
दुई दशकदेखि अस्ट्रेलियामा बसोबास गर्दै नेपाली समुदायको सेवा र सामाजिक नेतृत्वमा सक्रिय रहँदै आउनु भएका दाहालले सन् २०११ देखि २०१५ सम्म दुई कार्यकाल एनआरएनए अस्ट्रेलिया राष्ट्रिय समितिमा कार्यकारी सदस्यका रूपमा निर्वाचित भएर काम गरिसक्नु भएको छ ।
उहाँले विभिन्न राष्ट्रिय परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । सन् २०१९ को निर्वाचनमा महासचिव पदका उम्मेदवार रहेका उहाँले व्यापक जनसमर्थनसहित उपविजेता बन्नु भएको थियो ।

दाहालले आफ्नो उमेदवारी घोषणा गर्नु हुँदै भन्नुभयो, ‘मेरो एनआरएनएसँगको सम्बन्ध कुनै पदको आकाङ्क्षा होइन, बरु ‘एक नेपाली सधैँ नेपाली’ भन्ने भावनामा आधारित छ ।’
उहाँले एनआरएनएलाई सबै प्रवासी नेपालीहरूको साझा संस्था बनाउँदै समावेशी संरचना निर्माण गर्ने अठोट व्यक्त गर्नु भएको छ ।
आफुले प्रवासमा हाँसिल गरेको सीप, ज्ञान र दक्षतालाई मातृभूमि नेपालमा लगानी र विकासमा रूपान्तरण गर्ने उद्देश्य राखेको दाहालको भनाई छ ।
दाहालले नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति जोड्न विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।
एनआरएनए र अन्य संघ संस्थाहरूबिच भाइचाराको सञ्जाल सुदृढ गर्दै आवश्यकतामा सहयोग पु¥याउने तथा राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय समिति बिच सशक्त सेतु बन्ने आफ्नो दृष्टिकोण रहेको घोषणा पत्रमा उल्लेख गर्नु भएको छ ।
वंशजको नागरिकता अधिकार सुनिश्चित गर्न कानुनी पहल र प्रभावकारी लबिङमा पनि सक्रिय रहने दाहालको भनाइ छ । दाहालले आइसिसी सदस्य एनआरएनए अस्ट्रेलिया निर्वाचन २०२५ मा अत्याधिक मत दिई समर्थन सहित सदस्य पदमा विजयी गराई दिनुहुन सम्पूर्ण मतदाताहरुमा अपिल गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...