Sindhul Dainik

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको छ ।
ब्यक टु लाइफ इ भि जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त विद्यालयको लागि सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो ।
उक्त भवन निर्माणका लागि शनिवार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ ।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बराल तथा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले एक कार्यक्रमका विच शनिवार संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गर्नु भएको हो ।
गोलन्जोर गाउँपालिका २ का वडा अध्यक्ष दौलत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको पक्की भवन निर्माणको लागि शिलान्यास गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ब्याक टु लाइफ इभि जर्मनीले शिक्षा तथा खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ ।
भवन शिलान्यास कार्यक्रममा गोलन्जोर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर सातका वडा अध्यक्ष रेगन थापा, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल, ब्याक टु लाइफ इभि जर्मनीका कन्ट्री डाइरेक्टर डेकेन्द्र ढकाल, डाइरेक्ट अचुत पौडेल, म्यानेजर अनुप पौडेल, विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक तथा स्थानीय अभिभावक, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...